🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लमजुङबाट लागूऔषधसहित दुई युवक पक्राउ

लमजुङ, ३० असोज । लमजुङबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बीरगञ्जबाट बेंसीसहर आएको बसबाट ओर्लिएका दुई युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

आइतबार बिहान साढे ६ बजेतिर बेंसीसहर नगरपालिका ८ शेराको पृथ्वी बस काउन्टर नजिकै बसिरहेको अवस्थामा शंकास्पद देखिएको र जाँच गर्ने क्रममा उनीहरूले झोलामा राखेर ल्याएको अवस्थामा २९ एम्पुल डाइजेपाम, २९ एम्पुल फेनरागन र २९ एम्पुल नुफिन फेला पारेको प्रहरीले जनाएको छ ।

डीएसपी प्रकाश श्रीमलका अनुसार उनीहरू लमजुङकै बेंसीसहर नगरपालिका ८ का २२ वर्षीय दिपेन गुरुङ र ३० वर्षीय तेज गुरुङ रहेको खुलेको र उनीहरूको साथबाट लागूऔषधसहित दुई वटा मोबाइल बरामद गरिएको छ ।

पक्राउ गरिएका २ युवकलाई आइतबार नै जिल्ला अदालतबाट दिन ८ को म्याद थप अनुमति लिई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान कार्य थालिएको प्रहरीको भनाइ छ ।

न्युज कारखाना