🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 हत्या गरेर भागेका राई पक्राउ

काठमाडौँ, २७ वैशाख (रासस) : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार रहेका अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको छ । 

ब्यूरोको टोलीले विसं २०६२ माघमा काठमाडौँको नयाँपाटीमा महेश राईलाई हत्या गरी फरार रहेका इलामका अदिपकुमार राईलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । 

अदिपले विसं २०६२ मा नयाँपाटीस्थित रामकृष्ण पण्डितको निर्माणाधीन घरमा फर्मासम्बन्धी काम गर्न बसेका महेशको हत्या गरेर फरार भएका थिए । पक्राउ भएका राईलाई बुधबार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बौद्धमा बुझाइएको ब्यूरोले जनाएको छ । 
–––