काठमाडौँ, ३२ साउन । व्यवस्थापिका–संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट भीम रावलले हालैको बाढी, पहिरोका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षति र समस्या समाधान गर्न सरकारबाट चालिनु पर्ने कदमका विषयमा राखेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल जारी रहेको छ ।
नेकपा एमालेका नेता भिमबहादुर रावलले राखेको उक्त प्रस्तावमा भनिएको छ–‘बढी पहिरोकाकरण कयौंको ज्यान गएको, कयौ वेपत्ता एवं घाइते भएका छन्, हजारौ विस्थापित भएका छन् व्यापक भौतिक क्षति भएको छ, यस सन्दर्भमा घाइतेको तत्काल उपचार पीडितको उद्धा र राहत उपलब्ध गराउने ।’
देशको दक्षिणी सीमा नजिक छिमेकी देशले तटवन्ध र बाँध निर्माण गरेको कारण उक्त समस्या किराल बन्दै गएकोले यो समस्या समाधान गर्न सरकारको तर्फबाट उचित एवं प्रभावकारी नीति, कार्यक्रम र निर्णय गरी तत्काल कार्य गर्न अत्यावश्यक भएको भनी प्रमुख प्रतिपक्ष दलले जरुरी सार्वजनिक महत्वको प्रस्ताव २०७४ साउन ३१ गते मङगलबार सदनमा पेश गरेको थियो ।
उक्त प्रस्तावमाथिको छलफलमा भाग लिदै नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक ईश्वरी न्यापानेले तराई मधेसमा डुबानका कारण २५ हजारभन्दा बढी घरबारबिहीन भएका तथा एउटा गाउँबाट अर्काे गाउ“मा जान डुङ्गाको प्रयोग गर्नुपर्ने अवस्थामा यसलाई लिएर राजनीतिकरण गर्नु नहुने धारणा राखेका छन् ।
न्यापानेले भनेका छन्– विपद् एउटाका लागि मात्र होइन, सबैलाई आउँछ । पार्टीहरुले एक महिनाको तलब दिने घोषणा गरेका छन, हामीले तीन महिनाको तबल दिदा पनि फरक पर्दैन । सरकारबाट पीडितलाई उद्धार, राहत, गाँस, बाँस र कपासको व्यवस्था गरिनुपर्दछ, महाविपद्को बेलामा सिङ्गो हिमाल, पहाड, मधेशसबै एकजुट हुनुपर्छ, विपद्मा विभाजन भएर हुँदैन ।
एमालेका सांसद रामकुमार भट्टराईले गौरबजारमा छिमेकी भारतले बनाएको बाँधले धेरै वर्ष डुबान परेकोछ, धेरै अन्नबाली डुवानमा परेको छ । त्यसबाट महामारी फैलने सम्भावना छ । गौरमा मात्रै पनि ९० प्रतिशत घर पानीमा डुबेका छन । अन्नबालीको उत्पादन ५० प्रतिशतभन्दा कमी आउने सम्भावना छ । बागमती सिञ्चाइका पूर्वाधारहरु भत्किने क्रममा जारी छ तर त्यसको संरक्षण गर्नेतर्फ ध्यान गएको छैन भन्ने मन्तब्य राखेका थिए ।
नेकपा (माओवादी–केन्द्र) अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा संधैभरी हुने डुवान समस्या समाधान गर्ने बारेमा कुरा उठाउनु पर्दछ भन्ने धारणा राखेका थिए ।
सापकोटाले–प्राकृतिक प्रकोपको मात्र कुरा होइन यो राजनीतिकको पनि कुरा छ । बाढी पहिरो र डुवानका नाममा अर्बौ रकम संकलन भएकोछ, तरपनि पीडितहरुले राहत पाएका छैनन, सरकारी समयन्त्र प्रभावकारी हुनुपर्दछ । एकद्वार प्रणालीबाट राहत वितरण गर्न आवश्यक छ भन्ने धारणा राखेका थिए ।
सांसद प्रेम किशोरप्रसाद साह तेलीले छिमेकी मुलुकले बनाएको बा“धले तराई मधेसका धेरै भाग डुवानमा पर्दा त्यहा“को जनजीवन अस्तव्यस्त भएको अवस्थामा राहत र उद्धारमा सरकारी समयन्त्र कमजोर भएको महसूस भएको टिप्पणी गरेका थिए ।
डा. वंशीधर मिश्रले विपत्तिको अवस्थामा कुन सत्तापक्ष कुन विपक्ष एउटा अवधारणा बनाएर अघि बढन आवश्यक रहेकाले प्रतिपक्षको ल्याएको प्रस्ताव भनेर नहेप्न सुझाव दिएका थिए ।
अन्तर्राष्ट्रिय कानून विपरीत बा“ध बनाएको बा“ध कूटनीतिक आधारमा हटाउन हाम्रो एउटै भाषा र स्वर हुन आवश्यक रहेको उनले धारणा व्यक्त गरेका थिए ।
भिष्मराज आङदम्बेले अहिले मुलुक बढी पहिरो र डुवानले आक्रान्त रहेको छ, हाम्रो जीवनलाई यस्तै विपत्तिले झकझक्याएको थियो । यो विषयलाई हामीले कहिलै गम्भिररुपमा हेरेनौ, पहाड बाढी पहिरोमा तथा तराई पानीले डुवेको अवस्थामा हामी लिङलिगे दौडमा छौ, एउटै अवधारणा बनाएर साझा धारणा अघि बढन सकेका छैनौ ।
सोही पार्टीका सासद नारायणबहादुर कार्कीले पार्टी विशेषको स्वार्थका हिसावले नभई सवै पार्टी मिलेर मुलुकलाई अघि बढाउने राष्ट्रिय संकल्प प्रस्ताव हो भने सवै नेपालीले स्वागत गर्ने छन् भन्ने मन्तब्य राखेका थिए ।
सासद मोहन टुडुले मुलुकमा हरेक बर्ष ठूला ठूला बाढी पहिरोजस्ता ठूला ठूला विपद्को घटना हु“दा विपद व्यवस्थापन सम्वन्धि विधेयक पारित गरी त्यस सम्वन्धि कार्ययोजना बन्न नसक्नु दुखद अवस्था हो भन्ने धारणा ब्यक्त गरेका थिए ।
काग्रेस सासंद चन्द्र भण्डारीले बाढी पहिरोले विभिन्न जिल्लाका लाखौ लाख जनता छाना, खाना र नानाको अभावमा पिरोलिनु परेको अवस्थालाई छिटो अन्त्य गर्न साझा अवधारणा बनाएर अघि बढन आवश्यक छ भन्ने अभिब्यक्ति दिएका थिए ।
सासद आनन्द पोखरलेले भारतले बनाएको बा“धको कारण तराई र त्यहा“का मान्छे पानीमुनि रहेको अवस्थामा कमल सदा पानीमा तैरनु पर्ने अवस्थाले हामी सवैलाई भावुक बनाएको छ भन्ने धारणा राखेका थिए ।
सासद इन्द्र बानियाँले मकवानपरमा कर्रा र राप्तिलगायतले खोलाले २ हजार विगाभन्दा बढी खेत कटान गरेको जानकारी दिंदै प्रकृतिक प्रकोपको बेला सत्तापक्ष र विपक्षको कित्तामा हामी विभाजन हुनु हुदैन भनेका थिए ।




