🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आत्मिक आनन्द

दार्शनिक एन्टीफ्रो एकपटक केही दिनका लागि सुकरात (दार्शनिक) सँग बसे । उनले देखे कि सुकरातको जीवन अत्यन्त कष्टकर छ । न उनलाई राम्रो खाना प्राप्त हुन्छ, न त लाउनाका लागि राम्रो कपडा । एन्टीफ्रो सुकरातको यस्तो अवस्था देखेर अत्यन्त दुःखी हुनपगे । उनले सुकरातलाई भने– तपाईं यत्रो ठूलो विद्वान् भएर पनि किन अभावको जीवन बिताउँदै हुनुहुन्छ ।

यदि तपाईं अनुमति दिनुहुन्छ भने म आप्mना केही धनी मित्रलाई भनेर केही सुख–सुविधाको व्यवस्था गरिदिन्छु । सुकरातले मुस्कुराउँदै भने– म आफ्नो प्रवचनमा आत्मिक उन्नतिका लागि बल दिन्छु । मलाई भौतिक सुखसुविधा प्राप्त छैन त के भो ? यदि म भव्य बंगला, चटपटे भोजन तथा भोगविलासलगायत अन्य साधनहरूको उपयोगप्रेमी बनेको भए त यस्तो अनौठो आत्मिक आनन्दबाट वञ्चित रहने थिएँ ।