• शुक्रबार-चैत-१६-२०८०

साल्ट ट्रेडिङले पोखरामा खाेल्याे दसैं बजार, १८ रुपैयाँमा नूनको मात्रै ब्यापार

पोखरा, १३ असोज । सुपथ मूल्यको सामान बेच्न सरकारले नै सन्चालन गरेको साल्ट ट्रेडिङ कर्पोरेसनको गण्डकी प्रदेश कार्यालयले यो वर्ष नून मात्रै बेच्ने भएको छ । ट्रेडिङका अन्य शाखाहरुले उपभोग्य सामग्री सस्तोमा बेचिरहेका बेला पोखराले भने नूनबाहेक अरु नबेच्ने भएको छ ।

 

दसैं, तिहार र छठ पर्वका लागि हरेक वर्ष साल्ट ट्रेडिङले सुपथ सामग्री बेच्छ । यसअघि खसीबोकादेखि चामलसम्म विक्री गरेको साल्टले अहिले नून मात्रै बेच्न लागेको हो । चिनी र अन्य सामान आयात नहुँदा नून मात्रै बेच्न लागिएको कार्यालय प्रमुख बासुदेव उपाध्यायले जानकारी दिए ।

 

प्रतिकिलो नूनको मूल्य १८ रुपैयाँ छ । प्रत्येकले ६ किलोका दरमा नून खरिद गर्न सक्ने उनले बताए । ‘पहिले सुपथ मूल्यका पसल चलाएका थियौं । अहिले नून मात्रै आयात भयो । चिनी र अरु सामान आएन,’ उनले भने, ‘यो दसैंमा नून मात्रै बेच्छौं ।’ अघिल्लो वर्ष ३ किलो नून र ३ किलो चिनी विक्री गरेको थियो ।

 

त्यसअघि चामल, गेडागुडी, नून, तेल, चिनी, साबुन लगायत दैनिक उपभोग्य बस्तुहरु विक्री गर्दथ्याे। बजारमा नै सामान सजिलै पाइने भएकोले आफूहरुले अन्य खाद्य सामग्रीमा जोड नगरेको उनले बताए । चाडवाडमा बजारमा महंगो हुने भएकोले कर्पोरेसनले नै सामान बेच्दा उपभोक्ताको विश्वास पाएको उनले सुनाए ।

 
प्रतिकृया दिनुहोस