• शुक्रबार-चैत-१६-२०८०

लागुऔषध सेवन गरी सवारी साधन चलाईरहेको अवस्थामा पक्राउ

काठमाडौँ  । लागुऔषध सेवन गरी सवारी साधन चलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले  २०७९ असाेज १२ गते नागढुङ्गा क्षेत्रमा नियमित चेकजाँच गर्ने गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युरो कोटश्वरको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा १ जना चालकलाई असाेज १२ गते  साँझ नागढुङगा सडक खण्डमा फेला पारेर पक्राउ गरको हो ।


  बागमती प्रदेश ०१- ००६ ख ३९९१ नम्बरको आईचर गाडीका  चालक धादिङको धुनिबेशी नगरपालिका ५ का २३ बर्षीय सुजन ढकाल लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा फेला परेका हुन् ।

 

चेकिङको क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा हालसम्म ४ जना चालक फेला परेकाे काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएकाे छ ।


 उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएकाे छ । सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी २०७९ साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको हो ।


  लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा  सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न चेकजाँच अभियानलाई तिव्रता दिईएकाे काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएकाे छ ।

प्रतिकृया दिनुहोस