• शुक्रबार-बैशाख-७-२०८१

भारतमा आईफोन १४ उत्पादन सुरु

 

नयाँ दिल्ली । अमेरिका—चीन ब्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले आईफोन १४ बनाउन सुरु गरेको हो ।


चीनको ‘शून्य कोभिड’ नीतिका कारण लामो लकडाउनले  महामारीका  समयमा व्यापारमा असर गरेको देखाउँदै एप्पलले  आफ्नो नयाँ भर्सन विकेन्द्रित गरेको हो।


 एप्पलले केही साताअघि आईफोनको नयाँ भर्सन बजारमा ल्याएको थियो । नयाँ भर्सनमा महत्वपूर्ण सुरक्षा क्षमता रहेको एप्पलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रतिकृया दिनुहोस