🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तीन पत्रकार पुरस्कृत

काठमाडौँ ।  नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले तीन पत्रकारलाई पुरस्कृत गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले ‘शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बिजमाण्डु डटकमका खेमराज श्रेष्ठ, ‘सिविफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ बाह्रखरी डटकमका विजय पराजुली र ‘टक्सार’ म्यागेजिनका अनुप आचार्यलाई प्रदान गर्नुभयो । 

शारदा–ढुण्डीराज पुरस्कारको राशि रु एक लाख तथा सिविफिन–नाफिज बैंकिङ पुरस्कारको राशि रु ५० हजार रहेको छ । सो अवसरमा डेपुटी गभर्नर मिश्रले पत्रकारले आर्थिक परिसूचकलाई सबै जनताले बुझ्ने गरी सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । 

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले नेपालमा अब आर्थिक क्रान्ति हुनुपर्नेमा जोड दिनुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकिङ प्रणाली थप सहज गराउनुपर्ने बताउनुभयो ।