• बिहीबार-बैशाख-१३-२०८१

तीन पत्रकार पुरस्कृत

 

काठमाडौँ ।  नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले तीन पत्रकारलाई पुरस्कृत गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले ‘शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बिजमाण्डु डटकमका खेमराज श्रेष्ठ, ‘सिविफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ बाह्रखरी डटकमका विजय पराजुली र ‘टक्सार’ म्यागेजिनका अनुप आचार्यलाई प्रदान गर्नुभयो । 

 

शारदा–ढुण्डीराज पुरस्कारको राशि रु एक लाख तथा सिविफिन–नाफिज बैंकिङ पुरस्कारको राशि रु ५० हजार रहेको छ । सो अवसरमा डेपुटी गभर्नर मिश्रले पत्रकारले आर्थिक परिसूचकलाई सबै जनताले बुझ्ने गरी सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । 


बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले नेपालमा अब आर्थिक क्रान्ति हुनुपर्नेमा जोड दिनुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकिङ प्रणाली थप सहज गराउनुपर्ने बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस