• शनिबार-बैशाख-८-२०८१

काठमाडाैं रानीवनमा आगलागी : सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे प्रयासबाट आगो नियन्त्रण


काठमाडाैं । आज २०७९ असाेज १२ गते दिउँसाेको समयमा काठमाण्डौ जिल्ला नागार्जुन न.पा. १ रानीवनस्थि एक फर्निचर उद्योगमा आगोलागी भएर लाखाै क्षति पुगेकाे काठमाडाैं प्रहरीले जानकारी दिएकाे छ ।


आगोलागीकाे सूचना पाएपछि तत्कालै प्रहरी बृत्त बालाजु र स्वयम्भूबाट Quick Response Team (QRT) घटनास्थलमा परिचालन भई दमकललाई stand by गरिएकोमा QRT टोलीको सूचना अनुसार तुरुन्तै महानगरपालिकाको दमकल परिचालन गरिएकाे थियाे ।


आगलागी नियन्त्रणका लागि बौद्ध रामहिटीबाट-१, काठमाण्डौ महानगरपालिकाबाट (जुद्ध बारुण यन्त्र)-२, नेपाली सेनाबाट -१ सहित चार वटा दमकल र तीन वटा पानी ट्याङकरहरू परिचालन गरेकाे आगो नियन्त्रणमा लिइएकाे थियाे ।


जिल्ला प्रहरी परिसर काठमाडाैंबाट प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक, नगर प्रहरी प्रहरी कार्यालय भृकुटीमण्डप, प्रहरी बृत्त बालाजु र स्वयम्भूबाट प्रहरी नायव उपरीक्षक साथै ट्राफिक प्रभाग बालाजुबाट प्रहरी निरीक्षकसहितको १५० जनाको प्रहरी टोली  आगोलागी नियन्त्रणका लागि घटनास्थलमा परिचालित गरिएको पनि प्रहरीले बताएकाे छ।


त्यस्तै गरी नेपाली सेनाबाट तीन दर्जन, सशस्त्र प्रहरी बल नेपालबाट लगभग चार दर्जन जना सुरक्षाकर्मीहरु परिचालित भई अग्नि नियन्त्रणमा खटिएर अग्नि नियन्त्रकका साथैउद्धारकर्मीहरु लगायतको लगातारको प्रयासबाट लगभग तीन घण्टापछि आगोलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको बताइएकाे छ ।


प्रारंभिक रिपाेर्टकाे अनुसार, साे आगोलागीको कारण बिद्युत सर्ट भएर भएकाे बताइएकाे छ  । तर, मानवीय  क्षति नभएको जानकारी प्रहरीले दिएकाे छ ।


प्रारंभिक क्षतिको विवरण :


१. ALG Pvt. Ltd. Furniture को दराज, सोफासेट, अन्य तयारी फर्निचर गरी लगभग  रु. २५ लाख जत्तिको क्षति भएको छ ।


२. ५ वटा LPG Cylinder बिष्फोटन भएको थियाे ।


३. जितेन्द्र लामाको घरको  रु. ५ लाख जत्तिको क्षति भएको छ ।

 

आगोलागीको सम्बन्धमा प्रहरी बृत्त स्वयम्भूबाट मुचुल्का गर्ने लगायतका थप अनुसन्धान कार्य जारी रहेको  काठमाडाैं प्रहरी परिसरले बताएकाे छ ।

प्रतिकृया दिनुहोस