• मंगलबार-बैशाख-४-२०८१

नवाैं राष्ट्रिय खेलकुद समुद्घाटनका लागि राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं, १२ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीलाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र मंगलबार प्रदान गरिएको छ ।

 

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले शितल निवासमा निमन्त्रणा पत्र प्रदान गरेका हुन् ।

 

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ र सदस्य दीपेन्द्र विष्ट उपस्थित थिए ।

 

पोखरा रंगशालामा असोज २८ गते हुने नवौं राष्ट्रिय खेलकुदको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट समुद्घाटन हुने कार्यक्रम अनुसार निमन्त्रणा गरिएको हो । त्यस अवसरमा राष्ट्रपति भण्डारीलाई राष्ट्रिय खेलकुदका विषयमा हालसम्म भएका कार्य प्रगतिका बारे पनि जानकारी गराइएको थियो ।

न्युज कारखाना

 

प्रतिकृया दिनुहोस