• शनिबार-बैशाख-८-२०८१

बोत्तलमा किन्न पाइन्छ स्वच्छ हावा ! 

विश्व औद्योगिकरण र शहरीकरणमा क्रमिक रुपमा परिवर्तन भएसँगै मौसम र वायुमण्डलमा पनि परिवर्तन आइरहेको छ । अझ हेर्ने हो भने शहरी क्षेत्रमा वायु प्रदुषणको मात्रा यतिसम्म बढिसकेको छ कि मानिसलाई अल्पकालमै गम्भीर रोग लाग्ने तथा मास्क बिना हिड्डुल गर्न नसक्ने अवस्था सिर्जना भइसकेको छ । यस्तै कुरालाई मध्यनजर गर्दै अब स्वच्छ हावा पनि बोत्तलमा बिक्री हुन थालेको छ । हो, अहिले विकसित मुलुकहरुको शहरी क्षेत्रमा ग्रामीण भूभागको अप्रदुषित क्षेत्रको स्वच्छ हावा बोत्तलमा भरेर बिक्री गर्न थालिसकिएको छ । 


यस्तै दक्षिण अमेरिकी मुलुकका एक युवकले पनि यस्तै स्वच्छ हावा बिक्री गर्ने व्यवसाय सुरु गरेर सफलता हासिल गरेका छन् । जुआन कार्लाेस एलवार्डाे नाम गरेका यी युवक कोलम्बियाका मेडलिन भन्ने ठाउँका स्थानीय हुन् । मेडलिन एउटा यस्तो स्थान हो जहाँको मौसम सदाबहार उत्कृष्ट रहने गर्दछ । त्यसैले उनले एउटा यस्तो आइडिया लगाए जसले उनलाई एक सफल व्यवसायी पनि बनाएको छ ।

 

उनले मेडलिनको हावालाई बोत्तलमा भरेर धेरै माइल टाढा लगेर बेच्ने गर्दै आएका छन् । उनले एक बोत्तल ताजा हावाको करिब साढे ६ सय लिने गर्दछन् । जुआनले कुनै शुद्धीकरण नगरी सिधै प्रकृतिकै हावा विक्री गर्ने गर्दछन् । उनले एक प्रविधिको माध्यमबाट प्रकृतिको हावा सिधै बोत्तलमा भर्ने गर्दछन् । जुआनका अनुसार उनले सुरुवातकै दिनमा ७७ बोत्तल हावा बिक्री गरेका थिए ।  घुम्न आउने पर्यटकले अधिकांश यस्तो हावा किन्ने गरेको जुआन बताउँछन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस