• शुक्रबार-बैशाख-१४-२०८१

केशर दुध पिउनुको विविध फाइदा 

क्रोकस स्टाइब्स नामक फूलबाट निस्किएपछि केशर पाउन सकिन्छ । केशरमा प्रशस्त मात्रामा फाइबर, पोटासियम, भिटामिन सी, म्याग्निज, आइरनलगायतका तत्वहरु पाउन सकिन्छ ।दैनिक सुत्नुपूर्व केशर र दुध पिउन सकेमा अनेकौं रोगबाट बच्न सकिन्छ । 


–सुत्नुपूर्व केशरको दुध पिउने हो भने डिप्रेसन तथा स्टे«सको मात्राका कम गर्न सकिन्छ । 


–केशरले पाचन क्रियालाई राम्रो बनाउन मद्दत गर्दछ । साथै दुधसँग केशर पिउँदा पेट सम्बन्धी रोगबाट आराम प्राप्त गर्न सकिन्छ । 


–दुध र केशर एकैसाथ सेवन गर्दा कोलेस्ट्रोलको लेभल नियन्त्रणमा राख्न सकिन्छ । 


–महिनावारीको समय केशर अत्तिनै उत्तम मानिन्छ ।


–केशर मष्तिस्कका लागि पनि निकै फाइदाजनक छ । दुधमा केशर मिलाएर पिउँदा टाउको दुखाईबाट राहत पाउन सकिन्छ । 


–दुध र केशर आँखाको दृष्टि बढाउन उपयुक्त मानिन्छ । (अमरउजाला डटकमबाट)
 

प्रतिकृया दिनुहोस