• शुक्रबार-चैत-१६-२०८०

एनटीभीमा कर्मचारी भर्नामा धाँधली : भानु र आरजुको मात्रै पावर चल्ने

काठमाडौंं । नेपाल टेलिभिजनमा लामो समयपछि समाचार प्रस्तोताका भर्नाका लागि दरखास्त खुलेको छ । नेपाली समाचार प्रस्तोता ७ र अंग्रेजीतर्फ ३ जना भर्ना गर्न सात दिनको सूचना निकालिएको छ । तर, समावेशीकरणलाई लात मारिएको छ । यो राज्यको नीति विपरीत हो ।

 

संसदको राज्य व्यवस्था समितिले केही वर्षअघि समावेशी नभएको भन्दै विज्ञापन नै रद्द गरिदिएको थियो । राज्यको नीति र संसदको निर्देशनलाई पनि लात मार्दै फेरि पनि सेटिङमा आरजु देउवा र भानु देउवाका आआफ्ना मान्छे भर्ना गर्ने तयारी गरिएको स्रोत बताउछ ।


एनटीभीको नियममा प्रतिस्पर्धाबाट भर्ना गर्ने व्यवस्था गरेकोमा सर्ट लिस्टिङलाई नै कांग्रेसीहरुले प्रतिस्पर्धा भन्ने व्याख्या गरेर सूचनासम्म भने निकालेका छन् । भर्ना गरिने संख्या जम्मा १० जना भएकोले कसको कोटामा कति भर्ती गर्ने र बाँकीलाई पहिल्यै सर्ट लिस्टिङबाट फ्याँकेर आफ्ना मान्छेको मात्रै स्क्रिन टेस्ट गर्ने भन्ने तानातान बुन्न सुरु गरिएको स्रोत बताउँछ । महिला उम्मेदवारको उमेर नियम अनुसार, चालिस हुनु पर्नेमा यसमा पनि धाँधली गरेर सबैलाई पैतिस वर्ष गरिएको छ ।

 

टेलिभिजनमा स्क्रिन टेस्टपछि अरु परीक्षा अनिवार्य गर्नुपर्नेमा लिखित परीक्षा समेत नलिने भनेर पहिल्यै सेटिङ मिलाएर सेटिङमा नपर्नेहरुलाई हटाउन सर्ट लिस्टिङ राखिएको गुनासो गर्न थालिएको छ ।

 

टेलिभिजनमा प्रधानमन्त्रीका पीए भानु देउवाको हैकम चल्ने गरेको पत्रकारहरु बताउँछन्  । अन्य च्यानलका केही परिचित प्रस्तोता पनि एनटीभीमा छिर्न उत्सुक रहेको तर  संचारमन्त्री  ज्ञानेन्द्रबहादुर कार्की र संचार सचिव बैकुण्ठ अर्यालको कुनै दाल नगल्ने देखिएको चर्चा संचार मन्त्रालयमा हुने गरेको छ ।

 

भानु वा आरजुको सूचीमा पर्नेहरु मात्रै सर्ट लिस्टिङमा पर्न सक्ने र निर्वाचन आचार संहिता लाग्नु अघिनै २०७९ असोज १० मात्रै म्याद भएकोले आकांक्षीहरु तीव्र भनसुनमा लागेको बुझिएको छ । करारमा नेपाली समाचार वाचन गरेमा प्रति शिफ्ट १५ सय र अंग्रेजीमा १ हजार रुपैया“ ज्याला दिने व्यवस्था छ । अंग्रेजीमा थोरै बुलेटिन भएकोले ज्याला पनि थोरै दिने गरेको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस