🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भन्सार छलेर ल्याएका सर-सामानहरु बरामद

जनकपुरधाम । महोत्तरी जिल्ला  जलेश्वर नगरपालिका वडा नं. ३ काे भिठ्ठामोड बोर्डर नजिक सडकमा भारतबाट नेपालतर्फ भन्सार छलेर चोरी पैठारी गरी ल्याएकाे बेवारिसे अवस्थाका सामानहरू प्रहरीले बरामद गरेकाे छ ।

प्रहरीका अनुसार, भारतबाट भन्सार छलेर ल्याइएका खाद्यान्नहरूमा चावल, मैदा, अचार, धारा रिफाईन खाने तेल रहेका छन् । अन्य सामानहरूमा चुरी, लहठी, सर्ट, कट्टु, भेष्ट, जिन्स सर्ट, फ्रक, जिन्स पाईन्ट, बल पेन , र २ बोरा गुट्खा सम्राट समेत बिभिन्न सामानहरु गरिएका छन् ।

बरामद तस्करीका सामानहरू जम्मा रु. २,०८,४१० /- मूल्य बराबरको जिल्ला प्रहरी कार्यालय  महाेत्तरीबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागी जलेश्वर भन्सार कार्यालय मलिबारा बुझाएको जानकारी दिएकाे छ ।