🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फिल्म सोसाईटी अमेरिकाद्वारा कलाकार त्रिपाठीको विरामी बुहारीलाई ५ लाख आर्थिक सहयोग

काठमाडौं : हास्य कलाकार महादेव त्रिपाठीको छोरा सनम राजको श्रीमती केही समय अघि मोटरसाइकल दुर्घटनामा परि उपचारको क्रममा रहेकी छिन । ठुलो दुर्घटनामा परेकी उनलाई उपचार गर्न धेरै रकम समेत आवश्यकता परेको र पीडित परिवार अतिनै आर्थिक  दयनीय अवस्थामा रहेको छ ।

  हास्य कलाकार महादेव त्रिपाठीले आर्थिक कठिनाई भोगिरहेको हुँदा नेपाल फिल्म सोसाइटी अमेरिका र ग्लोबल फिल्म अवार्ड अमेरिकाले अध्यक्ष नवराज श्रेष्ठको संयोजकत्वमा गो फन्ड संचालन गरि नेपाली रुपैयाँ जम्मा पाँच लाख पाँच हजार(५०,५०००/-) संकलन गरि कलाकार महादेव त्रिपाठीलाइ हस्तान्तरण गरिएको छ।

नेपाल फिल्म सोसाईटीका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ अभिनेता कृष्ण मल्ल, वरिष्ठ निर्देशक उज्ज्वल घिमिरे, नेपाल फिल्म सोसाईटीका महासचिव राजेश बिशुराल र नेपाल फिल्म सोसाईटीका सदस्य दुर्गा बिसुरालले फिल्म सोसाइटीको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि हास्य कलाकार महादेव त्रिपाठीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

उक्त गो फण्ड अभियानमा सुनिल पाठक अल स्टेट इन्स्योरेन्स कम्पनी, डिक्की शेर्पा, शेर्पा हाउस गोल्डेन र कृष्ण सुनारले सबै भन्दा बढी रकम सहयोग गरेका थिए भने सम्पूर्ण अन्य सहयोगी दाताहरुसहित सम्पूर्णलाई समेत नेपाल फिल्म सोसाइटी अमेरिका र ग्लोबल फिल्म अवार्ड अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठले धन्यवाद प्रकट गरेका छन्।

नेपाल फिल्म सोसाइटी अमेरिका र ग्लोबल फिल्म अवार्ड अमेरिकाले भूकम्प, कोभिड, बाढी पीडितदेखि कलाकार, अनाथ दुखीलाई सदैब सेवा सहयोग गर्दै आएको बताएकाे छ।