• बिहीबार-बैशाख-१३-२०८१

माओको जिब्रोमा विपी हिँडेको कार्टुनको अर्थ ? 

भारतले चीनसँग सीमा विवाद चकाईरहेको समय वि.सं. २०१७ सालमा नेपालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला आफ्ना मन्त्रीहरु गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायका साथ बेइजिङ गएर चीनका प्रधानमन्त्री चाउएनलाईसँग नेपाल र चीनमाझ भविष्यमा कुनै सीमा विवाद हुन नपाओस् भनि सीमाना प्रोटोकोल सन्धि सही गर्नुभयो ।


त्यसको लगत्तै २०१७ सालमा मैले भारतको प्रधानमन्त्री जवाहरलाल नेहरु निकटका आर.के.करनजिया सम्पादक रहेको ब्लिज साप्ताहिकमा एउटा कार्टुन हेरेको थिएँ । त्यस कार्टुनमा ठूलो मुख बाएको चीनका सर्वाेच्च नेता माओको जिब्रोमा नेपाली दौरासुरुवाल र टोपी लगाएको विपी कोइराला हिंडिराखेको छापिएको थियो ।

 

२०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रलाई समाप्त पारेर विपी कोइरालालाई थुनेपछि म यो सोच्न पुगेँ कि महेन्द्रलाई शासन सत्ता हातमा लिन र विपीलाई हटाउन भारतीय भूमिका थियो ।

 

तर, यसै साँघुको गत साता सोमबार ( २०७९ भदौ २७–असोज २) मा मैले लेख्न पुगें । भारतभन्दा पनि नेपालमा छिटोभन्दा छिटो चीनविरुद्ध खम्पा अपरेसन्स् चलाउन अमेरिकाको सीआईएलाई हतारो थियो । सीआईए अमेरिकन राष्ट्रपतिप्रति उत्तरदायी हुन्छ । आइशन हावरले महाराजा महेन्द्रलाई वि.सं. २०१७ मा अमेरिका झिकाएर २० मिनेट वान टु वान (एक र एक मात्र) अत्यन्त गुप्त वार्ता गरे । वार्ता के के भयो त्यसको वर्णन अझै प्रकाशित छैन । तर, २०१७ सालमै राजा महेन्द्रले प्रजातन्त्र समाप्त पारे । 

 

मैले पनि शिष्टाचार प्रकट गर्दै भनें, ‘मलाई खुसी लाग्नेछ ।’ बसमा बसेपछि उनले सोधे, ‘अब के होला ?’ बसमै बसेपछि सुने लिउ शाउ लानको बगलमा बसेका जगदीश उपाध्यायले भनेको सुनें, ‘यो सबै भारतको षड्यन्त्र हो । अब तिमीहरु अगाडि बढ्नुपर्छ ।’ मेरो बगलमा बसेका प्रोफेसर विचीले मलाई सोधे, ‘अब के होला नेपाल ?’


२०१७ पुस १ गतेको नेपालको राजनीतिको सबैभन्दा ठूलो प्रतिगमन हुँदा म भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको जन्मथलो इलाहावादको युनिभर्सिटीमा पढ्दै थिएँ । ६२ वर्ष पहिले आजजस्तो सञ्चार र सूचना क्रान्ति (इनफरमेशन रेभलुसन) भईसकेको थिएन । कागजमा छापिएका अखबार र साप्ताहिकहरुको संचारव्यापी जमाना थियो । जो अर्काे दिनको मिति राखेर मध्यरात १२ बजे नै प्रकाशित गरिन्थे ।

 

त्यसैले पुस १ गते २०१७ सालमा भारतको कुनै अखबारमा राजा महेन्द्रले त्यस दिन दिउँसो मध्यान्ह काठमाडौंको थापाथलीस्थित नेपाल तरुण दलको अधिवेशनमाझ प्रधानमन्त्री वीपी, मन्त्रीहरुलाई सेनाले समातेको कुनै खबर आउने सम्भव थिएन । सन्ध्याकालीन कुनै दैनिक त्यससमय इलाहावादमा थिएन । रेडियो पनि म डेरा गरेको घरमा थिएन ।

 

म २०१७ पुस १ गतेमा दिनभर इलाहावाद युनिभर्सिटीको इतिहास विभागद्वारा आयोजित सात दिने ‘विन्टर स्कूल फर फरेन स्टुडेन्ट्स’ भन्ने कार्यक्रममा साँझसम्म बसेको थिएँ । त्यो कार्यक्रम चल्दाचल्दै कुनै पनि दिन भारतका प्रधानमन्त्री र परराष्ट्रमन्त्री जवाहरलाल नेहरु पनि इलाहवाद आउन सक्ने र उनको घरमा विदेशी विद्यार्थीहरुसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको छ भनिएको थियो । 


तर, भोलिपल्ट २०१७ पुस २ गते हामीलाई बुद्धले पहिलो पटक सार्वजनिक उपदेश प्रवचन गरेको ७५ माइल टाढा पर्ने सारनाथ र बनारस हिन्दु युनिभर्सिटी लाने र साँझ त्यहाँको इन्टरनेशनल होस्टेलमा डिनर खाएर फर्किने कार्यक्रम तय भएको  थियो । त्यसैले म डेरामा पुगेर पुस १ गते चाँडै सुतें । पुस २ गते २०१७ (डिसेम्बर १६) मा चाँडै उठें । लुगा फेरेर मम्फोड्गंजबाट रिक्सा लिएर युनिभर्सिटी जान हिंड्न लाग्दा झिसमिसेमै मेरो डेराको गेटमा फालिएको अंग्रेजी दैनिक ‘द लिडर’ अखबार उठाएँ । हेर्नासाथ म स्तब्ध भएँ ।

 

मेन हेडलाइनमा ६ वटै कोलम ढाक्नेगरी भंगेरी अक्षरमा छापिएको थियो’, ‘किङ स्टेज्ज्ड मिलिटरी कू इन नेपाल’ र त्यसको तल पनि मोटो अक्षरहरुमा लेखिएको थियो, ‘प्राइम मिनिस्टिर कोइराला एरेस्टेड, पार्लियामेन्ट डिजल्भ्ड ।’ त्यसै प्रथम पृष्ठमा विराटनगरमा पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र कम्युनिष्ट नेता मनमोहन अधिकारी पक्राउ परेको समाचार पनि थियो । 


सारनाथ जान म युनिभर्सिटी पुग्दा सबै विदेशी विद्यार्थी म नजिक झुम्मिए । सोभियत रुसको एलेक्सी काकतानोभले सोध्यो, ‘नेताहरुलाई मार्लान् कि के गर्लान ?’ मैले भनें, ‘मार्दैन, पक्रेर थुनिसकें ।’ इलाहवाद युनिभर्सिटीमै याले युनिभर्सिटीको भिजिटिङ लेक्चरर भएर रहेका अमेरिकाको युनिभर्सिटीको प्रोफेसर बिचले भने, ‘के म बसमा तपाईंको बगलमा बस्न सक्छु ।’


मैले पनि शिष्टाचार प्रकट गर्दै भनें, ‘मलाई खुसी लाग्नेछ ।’ बसमा बसेपछि उनले सोधे, ‘अब के होला ?’ बसमै बसेपछि सुने लिउ शाउ लानको बगलमा बसेका जगदीश उपाध्यायले भनेको सुनें, ‘यो सबै भारतको षड्यन्त्र हो । अब तिमीहरु अगाडि बढ्नुपर्छ ।’ मेरो बगलमा बसेका प्रोफेसर विचीले मलाई सोधे, ‘अब के होला नेपाल ?’


आज सोच्दैछु त्यस समय मैले नेपालका जनताको प्रजातान्त्रिक चेतनाको अभावको सही मूल्यांकन गर्न नसकी उनलाई भनें, ‘मलाई लाग्दछ ठाउँ ठाउँ जनताले विरोध प्रदर्शन गर्न थालिसके होलान ? फेरि चाँडै प्रजातन्त्र स्थापित हुन्छ ।’ 


आज सोच्दा साह्रै गलत मूल्यांकन र आंकलन गर्दै जवाफ दिएछु । मैले भनें, ‘देशभर जनताले विरोध प्रदर्शन थाल्नेछन् । चाँडै प्रजातन्त्र फेरि स्थापित हुन्छ ।’ उनले फेरि प्रश्न गरे, ‘के इरानमा जस्तो नहोला ?’ एंग्लो इरानियन पेट्रोलियम कम्पनीको राष्ट्रियकरण गरेपछि त्यससमय इरानमा राजा पहलवी रेजा शाहले अमेरिकन र ब्रिटिश गुप्त षड्यन्त्रमा सहभागी भई इरानमा जननिर्वाचित प्रधानमन्त्री भोसादेगलाई थुनेको र ३४ वर्षीय परराष्ट्रमन्त्री हुसेन फातमीको गोली हानी हत्या गरेको सात वर्ष बितेको थियो ।  (साँघुको आगामी अंकमा ‘सीआईए काठमान्डु कनेक्सनस्’ लेख्नेछु)
 

प्रतिकृया दिनुहोस