🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अन्तरिक्ष र दीगोपना विषयमा चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता हुँदै

काठमाडौं  । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय विज्ञान दिवस, विश्व अन्तरिक्ष सप्ताह र विश्व विज्ञान दिवस संदर्भ पारेर अन्तरिक्ष र दीगोपना विषयमा चित्रकला तथा वक्तृत्वला प्रतियोगिता गर्ने भएको छ । 

प्रतियोगिताको लागि विद्यालयतहको कक्षा ६ देखि १२ सम्म अध्ययनरत ईच्छुक विद्यार्थीहरुले असोज  १४ गतेसम्म नासोका वेइभसाइट मार्फत आवेदन दर्ता गर्न सक्नेछन् । 

‘दुवै प्रतियोगिताका लागि यो वर्षको शिर्षक ‘अन्तरीक्ष र दीगोपना’ तय गरिएको छ,’ नासोद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

वक्तृत्वकलामा विद्यार्थीहरूको रचनात्मक प्रस्तुतिलाई स्थान दिन भिडियो संपादन गर्न छुट दिइएको छ । त्यस्तै चित्रकलाका सम्बन्धमा पनि विद्यार्थीहरुले आफ्नो रचनालाई बढीमा एक मिनटमा व्याख्या गरेको भिडियो बनाएर पठाउनुपर्नेछ । 

‘यसरी प्राप्त रचनाहरूमध्ये उत्कृष्ट रचनाहरू नेपाल एष्ट्रोनोमिकल सोसाईटीको आधिकारिक युट्युब च्यानलमा जनमतको लागि राखिनेछ । पुरस्कार संबन्धि निर्णय गर्दा ५० प्रतिशत जनमत तथा ५० प्रतिशत निर्णायक मण्डलको मूल्याङ्कनलाई आधार बनाइनेछ,’ नासोले भनेको छ । 

प्रतियोगितामा आवेदन गरिएका रचना प्रतियोगिता अवधिभर अन्य कुनै स्थानमा सार्वजनिक गर्न नपाइने नासोले जनाएको छ । 

छैठौं राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले आवेदन दिन सक्नेछन् । प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो र तेश्रो हुनेले क्रमशः गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । 

त्यस्तै चौथो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले आवेदन दिन सक्नेछन् । प्रतियोगितामा प्रथम, दोश्रो तथा तेस्रो हुने विद्यार्थी भाईबहिनीहरुलाई पुरस्कार स्वरुप क्रमशः नगद १० हजार रुपैयाँ, पाँच हजार रुपैयाँ र ३ हजार रुपैयाँ पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।