🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कस्मेटिक संघका संस्थापक अध्यक्ष पौडेल पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं, २२ भदौ : नेपाल कस्मेटिक संघका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद पौडेल पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । गत १८ भदौमा बेलुका ९ बजे घर आउँदैछु भनेर सम्पर्क गरेयता उनी बेपत्ता भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै नेपाल कस्मेटिक संघले जनाएको छ ।

२०७९ भदाै १८ गते शनिबार रातिसम्म घर नआएपछि परिवारका सदस्यले फोन गर्दा सम्पर्क हुन नसकेको संघले जनाएको छ । संघका अध्यक्ष ऋषिकेश तिमल्सिनाले पौडेलको मोबाइल लोकेसन मुग्लिन–कुरिनटारको बीचमा ट्रयाक भएको छ ।

पौडेलकी पत्नीले  २०७९ भदाै १९ गते आइतबार बिहान सामाखुसीस्थित प्रहरी वृत्तमा खोजीका लागि निवेदन दिएपछि प्रहरीले मोबाइल लोकेसन ट्रयाक गरेको थियो ।

संघका अध्यक्ष तिमल्सिनाले पौडेलसँग को को थिए भन्ने समेत नखुलेको बताए । ‘हामीले धेरै प्रयास गरेका छौं, तर अहिलेसम्म केही सूचना आएको छैन,’ उनले न्युज कारखानासँग भने ।

न्युज कारखाना