🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हत्यामा संलग्न तीनजना पक्राउ

 बनेपा, २१ वैशाख (रासस) : काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–५ का पदमलाल चौलागाईसहित हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । सो घटनामा संलग्न चौलागाईकी पत्नि जमुना चौलागाई र छोरी सन्तोषी चौलागाई रहेका छन् ।

चौलागाईले आफ्नै छोराबुहारी १८ वर्षीया विपना ढकाल चौलागाईलाई घरायसी झगडाको विषयमा कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाका अनुसार गत वैशाख १७ गते राति १०ः३० बजेको समयमा मारेर फालेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले चौलागाईलाई वैशाख १९ गते पक्राउ गरेको हो । 

“प्रहरी अनुसन्धानको क्रममा चौलागाईले आफ्नै छोराबुहारीलाई मारेर सिस्नु घारीमा फालेको र पछि श्रीमती र छोरीको सहायताले बोकेर लगेर घरदेखि करीब ५०० मिटर टाढाको जंगलमा गाडिएको फेला परेको छ ।” प्रहरी प्रमुख थापाले भने , “तीनैजनालाई कर्तव्य ज्यानअन्तर्गतको जाहेरी परिसकेको छ, कानूनी कारबाहीको लागि अनुसन्धान जारी राखिएको छ ।” 

मृतकको शव परीक्षणका लागि काठमाडौँस्थित शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 
–––