🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिनेमा ब्रह्मास्त्रको टिकट मूल्य ७५ रुपैंयाँ !

मुम्बई, १८ भदौ : बलिउड बक्सअफिसमा पछिल्ला दिनमा फिल्महरु फ्लप हुने क्रम जारी छ । ‘लाल सिंह चड्ढा’ देखि लिएर ‘रक्षाबंधन’ र ‘लाइगर’ सम्म आइपुग्दै सबै फिल्म फ्लप भइसकेका छन् । यसले निर्माता मात्र होइन, हल सञ्चालक पनि ठूलो घाटामा छन् ।

यहीकारण आगामी सेप्टेम्बर ९ बाट रिलिज हुने रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ हेर्न चाहने दर्शकका लागि हल सञ्चालकले ७५ रुपैंयाँमै टिकट उपलब्ध गराउने भएका छन् ।

मल्टीप्लेक्स एसोसिएसन अफ इण्डिया (एमएआई) र देशभरका थिएटरले १६ सेप्टेम्बरको राष्ट्रिय सिनेमा दिवसको अवसर पारेर ७५ रुपैंयाँमा नै टिकट उपलब्ध गराउने निर्णय गरेका छन् । १६ सेप्टेम्बरमा ४ हजार थिएटर यो राष्ट्रिय सिनेमा दिवसको हिस्सा बन्दैछन् ।

यो दिवस कोरोना महामारीपछि थिएटर खुलेको अवसर पारेर धन्यवाद दिनका लागि मनाइँदैछ । 

एजेन्सी