🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतीय प्र.मं.को नेपाल भ्रमण र अपेक्षा 

 पछिल्लोकालमा भारतीय नेतृत्व नेपालको आत्मसम्मानप्रति संवेदनशील भएको हो कि भन्ने महसुस हुन थालेको छ । स्थानीय तहको निर्वाचनको परिमाण केलाउँदा नेपाली जनताले एमालेका अध्यक्ष केपी ओलीलाई रोजेको प्रष्ट देखिएकोले ओलीसँग गला मिलाएर खुुसी पार्नसके विगतमा नेपाल–भारतबीच बिग्रिएको राजनीतिक, कूटनीतिक, आर्थिक, सामाजिक सम्बन्धमा सुधार आउने अपेक्षा भारतले गरेको विश्लेषण गरिदैछ । भारतका अन्य छिमेकीसंगको त कुरै छाडौं नेपाल–भारत र नेपाली र भारतीय जनजनबीच जुन प्रगाढ सम्बन्ध छ, त्यो विश्वका कुनै पनि देशका छिमेकीसंग कहीँकतै छैन भनेर हामी नेपालीले ठोकुवा गर्न सक्छौं ।

अब पनि भ्ँँरतीय सत्ताले नेपालमाथि नयाँ स्वार्थ घुसाउन सकिन्छ भन्ने मनोविज्ञान पालेको छ भने त्यस्तो मनोविज्ञानबाट चाडोभन्दा चाडो मुक्त हुनु पर्छ ।  नेपाल–भारत दुवै देशका जनतामाझ परापूर्वकालदेखिको सामाजिक–सांस्कृतिक निकटता जुन बेजोडको छ । धार्मिक आस्थाका हिसाबले त झन् दुवै हिन्दूहरूको अत्यधिक बाहुल्य भएका हामी छिमेकीको सम्बन्ध सुधार गर्न दुबै देशका सत्ताधारीहरूले गम्भीर ढंगले मनन गरेर अघि बढ्नुको विकल्प छैन । यही पथमा भारतीय संस्थापनले सोचविचार गरिरहेको संकेतहरू विभिन्न घटनाक्रमले पुष्टि गर्दैछन् ।

 यही सोचअनुसार, प्रतिनिधिसभा निर्वाचन अगावै भाजपा पार्टीका महासचिव नेपाल आए । एमालेका अध्यक्ष्ँ केपी ओलीसंग लामै बातचित गरे । निर्वाचनपछि केपी ओली बैंकक गएका थिए, भाजपाका तिनै महासचिवले त्यहीं पुगेर पुनः लामै बातचित गरेको कुरा पनि सार्वजनिक भएकै हो । यही बातचितको परिणामस्वरुप केपी ओली सत्तारुढ नहँुदै भेट्नका लागि भाजपाका वरिष्ठ नेता तथा परराष्ट्रमन्त्री सुष्मा स्वराज नेपाल आइन् ।

सुष्मा स्वराज भारतको विदेश मन्त्री मात्र हैनन्, भाजपाका वरिष्ठतम् नेतृ नै हुन् । सत्तारुढ भैनसकेका ब्यक्तिसँग भेट्न बरिष्ठ नेता तथा परराष्ट्रमन्त्री आउनु कूटनीतिक इतिहासमा बिरलै घटना मानिन्छ । सुष्मा स्वराज आउनु अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी ओलीलाई पटक–पटक फोन गरेको र फोन वार्तामा दर्शाइएको आत्मियता पनि अस्वाभाविक नै थियो । केपी ओलीलाई भारत भ्रमण गराउनु र २०७५ बैशाखको अन्तिम साता नरेन्द्र मोदीको नेपाल भ्रमण तय हुनुमा पनि भारतले अब नयाँ शिराबाट सम्बन्ध विकास गर्न खोज्दैछ भनेर बुझ्न सकिन्छ ।

 नेपाल–भारतसम्बन्धमा अझै पनि नेपाली बुद्धिजीवीहरूमा केही प्रश्नहरूले घरगरिरहेको पाइन्छ । बुद्धिजीवीहरूको प्रश्न छ–नेपालप्रति भारतको ब्यवहार के साँच्चै बदलिएको हो त ? के भारतले खुला दिलले नेपालको आत्मसम्मानको मर्यादा राख्न खोजेको हो त ? तर, सूक्ष्म दृष्टिले नियाल्दा त्यस्तो अवस्था विकसित होला त भन्ने कुरामा अझै आशंका ब्यक्त गरिदैछ । हामी चाहन्छौं अब नेपाल–भारतसम्बन्ध भारतका अन्य छिमेकी मुलुकसंग जस्तो तीतो, टर्रो नहोस् ।

 नरेन्द्र मोदीको नेपाल भ्रमणको तिथि तय गरेको विषयलाई लिउँ । केपी ओलीले चीन भ्रमणमा जाने सुरसार गरेको थाहा पाउनासाथ चीन जानुअघि केही डिक्टेशन गर्ने भित्री उद्देश्य राखेर नरेन्द्र मोदीको भ्रमण मिति तय भएको त होइन भन्ने प्रश्न पनि नेपालका कूटनीतिज्ञहरूले उब्जाएका छन् । कूटनीतिक मर्यादा उल्लघंन गरेर नेपालसँग परामर्श नगरी नयाँ दिल्लीले एकतर्फी र अकस्मात् मिति तय गरिदियो भन्ने चर्चा पनि चलेकै छ, यस्तो भएको हो भने यो पनि अपाच्य विषय नै हो ।

उता नयाू दिल्लीले एकतर्फी र अकस्मात् भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको मिति तय गर्नासाथै यता नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी जनकपुर पुगेर मुख्यमन्त्रीसंग भेटेर अभिनन्दनलगायत स्वागतका कार्यक्रम तय गरेर फर्केका छन् । यता, नेपालले भने अरुण तेश्रो आयोजनाको शिलान्यास र जनकपुर र मुस्ताड्डको तीर्थाटनबाहेक अरु कुनै कार्यक्रम बनाउन सकेको जानकारी नेपाली जनतालाई छैन ।

   तैयारी कै विषयमा भन्नुपर्दा द्विपक्षीय बार्ताको टेबुलमा बस्दा नेपालले कहिल्यै पूर्वतैयारी नगर्ने गरेको यथार्थ त जगजाहेरै  छ । एक महिनाअघि भारत भ्रमण गर्दापनि पूर्वतयारी नपुगेको भनेर प्रधानमन्त्री केपी ओलीले नै भनेको सुनिएको हो ।

 प्रधानमन्त्री केपी ओली भारत भ्रमण गर्दा पनि नेपालले मिति तय नगर्दै भारतले नै एक्कासी घोषणा गरिदिएको थियो । चीनमा हुने बोआओ सम्मेलनको मितिमै खप्टेर प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण गराइएको थियो । चीनमा हुने बोआओ सम्मेलनको मितिमा प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमण गराइएपनि बोआओ सम्मेलनमा राष्टूपति विद्या भण्डारी जानसक्थिन् ।

(२०७५ बैशाख १७ गतेको साँघु साप्ताहिकबाट)

बोआओ सम्मेलनको शुरुदेखि नै नेपालका राष्टू प्रमुख र सरकार प्रमुख मध्ये सहभागी हुूदै आएको इतिहास छ । यसपालि नेपालको उपस्थिति शून्य पार्नुको कारण नेपालीले बुझ्न सकेका छैनन् । भारतको प्रभाव र दबाबकै कारणले हो त ? भन्ने अजड्डको प्रश्न पनि खडा भएको छ । नेपालीको मनमा उत्पन्न हुने यस्ता प्रश्नबाट नेपाल–भारतका सत्तापक्षले कहिले मुक्ति दिने हुन् ? 

२०७२ असोज ३ गतेपछि भारतले नेपालप्रति अपनाएको नीतिले मात खाएपछि भारतले अब नेपाल नीतिमा परिवर्तन गर्न खोजेको प्रष्टै बुझ्न सकिन्छ । अब दुई देशको मित्रता दाउपेचमा होइन कि  देश र जनताको हितका लागि काम गर्ने अठोटका साथ अघि बढ्ने वातावरण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो तेस्रो पटकको नेपाल भ्रमणले निश्चित गरोस् हाम्रँे शुभ कामना ।