🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पुनर्निर्माणको बाँकी काम पनि छिटो सक्ने तयारीमा छौँ

० राष्ट्रिय प्राधिकरणको बहिर्गमन पश्चात सो जिम्मेवारी यो इकाइमा आएको छ, तपाईको जिम्मेवारीमा आएका संरचनाको काम के कसरी भइरहेको छ ?
–राष्ट्रिय प्राधिकरणको बहिर्गमन पश्चात केही कामको जिम्मेवारी शहरी विकास मन्त्रालयमा सरेर आयो । यसमा शिक्षातर्फ शिक्षा विभागमा गयो भने अन्य आयोजनामा धरहरासमेत हेर्न जिम्मा हामीलाई आयो । पहिला केन्द्रीय आयोजना ईकाइ (भवन)ले गरिआएका कामको जिम्मा पनि यही राखियो । जिल्ला आयोजना कार्यान्वयन एकाइले गरिआएको भुक्तानीको पाटो र धरहराको पुनःनिर्माणको यही विभाग अन्तगर्त राखियो । यी सबै संरचनाको पुनः निर्माण र प्रवलीकरणको काम भइरहेको छ ।

० सरकारी भवन र स्वास्थ्य संस्थाको भवन निर्माणको कुरा गर्नु भएन, त्यो पनि यही आयोजनाले हेर्ने हैन र ?
–शहरी विकास मन्त्रालय अन्तर्गत पुनःनिर्माणमा गरिने कार्यहरुमा वस्ती विकास, सरकारी भवन निर्माण र स्वास्थ्य संस्थाका भवनहरु निर्माण र पुनः निमार्ण  गर्ने जिम्मेवारी हामीलाई रहेको छ । त्यसको अलवा सम्पदाका केही तोकिएका कार्यहरु छन् । जुन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र पुरातत्व विभागले कार्यबोझ बढी भएकोले हामीलाई केही जिम्मेवारी हस्तान्तरण गरेको थियो ।

० तपाईहरुलाई कतिवटा जिल्लाको भुक्तानी र अन्य दायित्व सरेको थियो नि ?
–हामीलाई ३१ जिल्लाको भुक्तानीको दायित्व सरेको थियो । त्यो काम हामीले अघिल्लो वर्ष सम्पन्न ग¥यौं । 

० यहाँहरुले कतिवटा सम्पदाहरुको पुनः निर्माणको जिम्मेवारी लिनुभएको थियो र तिनको कार्यप्रगतिको अवस्था कस्तो छ ?
–हामीलाई २८ वटा सम्पदाहरुको पुनः निर्माण गर्ने जिम्मा थियो । हाम्रो जिम्मेवारीमा परेको कामको निर्माण कार्य सम्पन्न भइसकेको छ । चारवटा राणकालीन दरवारको भने प्रवलीकरणको काम अन्तिम चरणमा पुगेको छ । 

० काम सकिन बाँकी यस्ता राणाकालीन दरवारमा कुनकुन छन् र तिनको कार्य प्रगति कस्तो रहेको छ नि ?
–चारवटा राणाकालीन दरवारको प्रवलीकरण गर्ने काम पनि हाम्रो जिम्मामा रहेको छ । सिंहदरवार, बबरमहल, केशरमहल र नक्सालमा रहेको बालमन्दिर यसमा पर्दछन् । अहिले सिंहदरवारको पश्चिम मोहडाको काम भइरहेको छ, भने बाँकी मोहडाको काम सम्पन्न भइसकेको छ । अरु काम सम्पन्न भएर त्यहाँ प्रधानमन्त्रीको कार्यालय संचालन भइसकेको छ । सडक विभागको भवनको काम ८५ प्रतिशत सकिएको छ । अब बाँकी काम पनि छिटो सक्ने तयारीमा रहेका छौँ ।

० बबरमहलमा रहेको सडक विभागको पहिलेको महानिर्देशकको कार्यकक्ष नयाँ बनाउने भन्ने थियो फेरि अहिले पहिलेको स्थानमा नै बनाउने भनिएको छ, यो परिवर्तन हुनुको कारण के हो नि ?
–हो, पहिला हामीले महानिर्देशकको कार्यकक्ष पहिलाको भन्दा फरक स्थानमा बनाउने भनेर सोही अनुसारको संरचना बनायौँ । पछि फेरि पुरानो स्थानमा नै बनाउने भनेर भनिएको हुनाले सोही अनुसार निर्माणको काम भइरहेको छ । यस्ता केही नीतिगत समस्याले पनि काममा ढिला भइरहेको छ । तथापि हामी यसलाई छिटो समयमा नै सक्ने तयारी गरिरहेका छौँ । ठेकेदार कम्पनीले पनि सोही अनुसार काम गरेका छन् । 

० भौतिक प्रगतिको तुलनामा वित्तीय प्रगति कमी भएको भन्ने गुनासो छ, यसको कारण के हो ? 
–यो सत्य हो । ठेकेदारले एलसी खोलेर सामान ल्याएका कारण भौतिक प्रगति बढेको छ भने त्यो सामान जडान नभएका कारण त्यसको भुक्तानी भएको छैन । भुक्तानी नभइ वित्तीय प्रगति राख्न सकिदैन । अर्को कुरा हाम्रो कामको प्रकृति हेर्ने हो भने ८०÷८५ प्रतिशत सम्पन्न भएको अवस्था हो । यसको वित्तीय प्रगति भनेको ६७ प्रतिशतको हाराहारीमा छ । यही कारणले गर्दा भौतिक भन्दा वित्तीय प्रगति कम भएको हो । अब भुक्तानीको प्रकृया अगाडि बढेपछि यो सन्तुलन हुन्छ । 

० केशरमहलको कामको प्रगति अपेक्षाकृत रुपमा अगाडि बढ्न सकेन भन्ने गुनासो छ, खासमा त्यहाँ काम गर्नका लागि के समस्या छ ?
–केशरमहलको काम पनि अहिले द्रुतगतिमा भइरहेको छ । त्यहाँ पहिला काम गर्नका लागि केही बाधा थियो । नो अब्जेक्सन लेटरको काम त्यहीबाट हुने भएको र त्यहाँ भएका अन्य संरचना नहटाइ काम गर्ने वातावरण नभएका कारण सुरुको समयमा केही समय लागेको र हाल काम भइरहेको छ । यसको अलवा बालमन्दिरको काम पनि भइरहेको छ । 

० तपाई कहाँ महत्वपूर्ण जिम्मेवारी सरेर आएका काम कहिलेसम्म सक्ने लक्ष्य राखिएको छ नि ?
–महत्वपूर्ण भनी प्रमाणित भएका फाइल आर्थिक वर्ष २०७९÷८० मा सक्ने लक्ष्य राखिएको छ । यो हाम्रो जिम्मेवारीमा भन्दा पनि दायित्व सरेर आएको हो । निजी आवासको काम पनि यही समयावधिमा सक्ने तयारी छ । 

० धरहरा उद्घाटन भएको दुई वर्ष हुँदा पनि काम सम्पन्न हुन सकेन, यहाँको मुख्य समस्या के हो ?
–पूर्व प्रधानमन्त्री केपी शर्मा  ओलीले दुई वर्ष पहिला नै धरहराको उद्घाटन गरेपनि यसको केही काम बाँकी रहेको थियो । अहिले पनि काम निरन्तर रुपमा अगाडि बढिरहेको छ । अन्य संरचनाका काम गर्न अबको केही समयमा सकिन्छ । संरचनागत काम गर्नका लागि पानीको स्रोत सुन्धारा त्यही छ । विजुलीका तार, टेलिकमका तार र खानेपानीका मूल पाइप पनि यही क्षेत्रमा भएको हुनाले काम गर्न जोखिम पनि छ । कतै सानो गल्ती भयो भने १८÷२० हजार टेलिफोन सम्पर्कविहीन हुने अवस्था भएको र त्यसलाई सारेर काम गर्नुपर्ने भएको हुनाले काममा ढिलाइ भएको हो । 

० यस इकाईमार्फत सम्पन्न गर्नुपर्ने अरु बाँकी निर्माणका काम के–के छन् ? 
–मुख्य सङ्ग्रालयको काम, बरण्डा र मञ्चको काम, किचेन डायनिङको काम बाँकी रहेका छन् । लडेर क्षति भएर बाँकी रहेको भीमसेन स्तम्भको जीवन्तताका लागि संरक्षण गर्न प्रयास भइरहेको छ । अहिले यसको मजबुती गर्ने काम भइरहेको छ । मजबुती गर्ने काम सम्पन्न भएपछि हामीले त्यसमा रासायनिक उपचार गरेर खुल्ला राख्ने योजना बनाएका छौँ । 

० सुन्धारामा बाहिरबाट पानी ल्याउने कुरा थियो, त्यो त सेलायो नि ?
–हामीले त्यसलाई प्राकृतिक तरिकाले संचालन र निकास गराउनका लागि सरोकारवाला निकायसँग चरणवद्ध रुपमा छलफल गरिरहेका छौँ । र, यस बारेमा अध्ययन गर्नका लागि काम अगाडि बढेको छ । 

हाइड्रोजियोजिकल अध्ययनका लागि सम्बन्धित परामर्शदातालाई दिइसकेको छ । सम्बन्धित टिमले त्यसको अध्ययन पनि गरिरहेको छ । त्यो टिमले पानी कति हुने, कतिसमय हुने वा नहुने बारेमा अध्ययन गरिरहेको छ । यो बारेमा विस्तृत प्रतिवेदन प्राप्त भएपछि मात्र यो कामले पूर्णता पाउछ । 

० सुन्धारा भएर बग्ने पानीको निकास रानी पोखरीमा लाने भनिएको थियो, अहिले परिवर्तन गरिएको हो ?
पहिला रानीपोखरी लाने भनिएको थियो । तर, त्यहाँ पानीको फ्लो नहुने देखेर त्यसलाई खिचापोखरीमा स्थानान्तरण गर्ने योजना बन्दै छ । तर, यो कति सम्भव छ भन्ने कुरा प्राविधिक प्रतिवेदन आएपछि मात्र थाहा हुन्छ ।