🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘हेलो सरकार’ ! आफै फ्वा…फ्वा…!!

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकार सर्वसाधारण जनताको गुनासो सुन्न अनि सुशासनको प्रत्याभूति गराउन स्थापना भएका निकाय हुन् । तर, गुनासो सम्बोधन गर्ने यी दुवै निकाय यति धेरै उदासीन बन्दै गएका छन् कि निकम्मा भए भनेर निष्कर्ष निकाल्दा फरक नपर्ने भएको छ ।‘हेलो सरकार’ जनताको गुनासो सम्बोधन गर्न कतिसम्म उदासीन छ भन्ने जान्न गोरखाका एक युवाले ६ महिनाअघि गरेको उजुरीको दृष्टान्त हेरे मात्रै पनि छर्लंड्ड हुन्छ ।
 जिल्ला प्रशासन कार्यालय गोरखाका नायव सुब्बा सीताराम गिरीले सेवाग्राहीसंग घुस मागेर हैरान पारेको गुनासो २०७३ फागुन ७ गते ‘हेलो सरकार’मा परेको थियो । तर, उक्त उजुरीमाथिको कारबाही कहाँ पुग्यो ? हेलो सरकार आफैं बेखबर रहेको जनगुनासो छ । 
यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो । हेलो सरकारमा चिठ्ठी, फोन, ईमेल, फ्याक्स, फेसबुक, ट्विटर र आफैं उपस्थित भएर  लिखित या मौखिक गुनासो गर्न सकिने व्यवस्था छ । पछिल्लो समयमा गुनासो सुन्न र हल गर्न यसले सामाजिक सञ्जालसमेत प्रयोग गर्न थालेको छ । तर, हेलो सरकार ढिलासुस्ती र लापरवाही आदि रवैयाले गुनासो सम्बोधनभन्दा पनि थप गुनासो जन्माउने काम गरिरहेको अनुभूति गर्ने सर्वसाधारण बढ्दै जान थालेका छन् । 
हेलो सरकारले केही समय अघिसम्म नागरिकहरूबाट परेका गुनासो र उजुरीबारे फेसबुकमा अपडेट गराउने गरेको थियो । तर, केही महिनादेखि यो क्रम रोकिएको गुनासो छ । उसले गत जुन महिनामा एउटा गुनासो सम्बोधनको सामग्री पोस्ट गरेकोमा त्यसको १ महिनापछि अर्को गुनासोबारे प्राप्त जवाफ वालमा हालेको छ । दैनिक सयौंको संख्यामा गुनासो आउने हेलो सरकारमा केही थान मात्रै गुनासो सम्बोधन गर्नुले सुशासनप्रतिको राज्यको प्रतिबद्धता नै कमजोर बन्दै गएको छ । 
‘ज्भिियक्बचपबच ल्भउब’ि† ‘‘विदेशबाट गोश्वारा हुलाक, सुन्धारामार्फत सशुल्क आएको आफ्नै पार्सल बुझ्न जाँदा कोठा नं ६ का कर्मचारीले चिया खर्च दिनुस् भनि सीधा घुस माग्छन् । केही बर्ष अघि ललितपुर जिल्ला अदालतको अभिलेख शाखाबाट नापी शाखामा लग्नु पर्ने चिठ्ठी बुझ्न जाँदा पनि त्यहाँको कर्मचारीले आधा राजस्व हिसाब मिलाईदिन्छु । मिलाएको रकमको आधा रकम मलाई दिनुस् भनि घुस मागेको थिए । नेपाल सरकारले यस्तो घुस्याहा कर्मचारीलाई कारवाही गर्दैन ?’’ यो गुनासो फेसबुकमार्फत १० जुलाई २०१७ मा सुजाता श्रेष्ठले गरेको हो । एक महिनासम्म यस गुनासोको बारेमा हेलो सरकार ‘फ्वाँ फ्वाँ’ कै अवस्थामा रहेको छ । 
उता, सुशासन प्रत्याभूति गराउने राष्ट्रिय सतर्कता केन्द्रको अवस्था पनि उस्तै छ । स्रोत र साधन अभावको सधैंको रोइलो गर्ने सतर्कता केन्द्रको आफ्नै वेबसाइट झन्डै पटक पटक अवरुद्ध हुने गरेको छ । वेबसाइट अवरुद्ध हुँदा सर्वसाधारण यसको गतिविधि थाहा पाउनबाट बञ्चित छन् । सतर्कता केन्द्रका कम्प्युटर अधिकृत समरबहादुर कार्की वेबसाइटमा केही समस्या देखिएको र निर्माणको कार्य भइरहेको बताउँछन् ।