🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बेहुली फेल हुने थाहा पाएपछि विद्यालयमा आगजनी

कायरो।बेहुली पढ्ने विद्यालयमा आगजनी गरेको आरोपमा इजिप्टमा एक जनालाई पक्राउ गरिएको छ। बेहुलीले यस वर्षको परीक्षामा अनुत्तिर्ण हुने थाहा पाएपछि विद्यालयको कन्ट्रोल रुममा आगो लगाउने २१ वर्षीय युवक पक्राउ परेका हुन् ।

इजिप्टको राजधानी कायरोको उत्तरमा रहेको मेनुफिया प्रान्तमा ती व्यक्ति पक्राउ परेका हुन् । दोषीलाई प्रहरीले जेल चलान गरेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ । 

विद्यालयमा लगाइएको आगलागीमा कोही पनि हताहत नभएको प्राप्त विवरणहरूमा जनाइएको छ । बेहुली फेल भएमा अर्को शैक्षिक सत्रमा अध्ययन गर्नुपर्ने र आफ्नो विवाह एक वर्ष स्थागित हुने भएपछि आफू आगजनीमा उत्रिएको ति युवकले बताएका छन् । 

दमकलले छिट्टै आगो निभाउन सफल भए पनि प्रधानाध्यापकको कार्यालय र केन्द्रीय प्रशासनिक भवनमा ठूलो क्षति भएको छ । आगजनीमा विद्यायका कागजात पनि जलेर ध्वस्त भएका छन् ।