🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

भन्सार नाकाहरूमा तस्करी बढ्दै, सशस्त्र प्रहरीद्वारा २ करोड ४१ लाखका सामाग्री बरामद

बाँके । गठबन्धन सरकार बनेपछि भन्सार नाकाहरूबाट निरन्तर तस्करी  हुने गरेकाे छ । तस्करी, भन्सार छली, कसरी र कति परिमाणमा हुने गरेकाे छ भन्ने कुरा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बेला माैकामा बरामद गरेकाे सामानकाे परिमाणले नै बताउछ । विदेशी मुद्राकाे सञ्चिति राज्यकाे ढिकुटीमा घटेका कारण आयातमा कडाइ गरेपछि हिजाेआज भन्सार नाकाहरूबाट चाेरी तस्करी बढेकाे कुरा आक्कलझुक्कल सुरक्षा निकायबाट बरामद भएका बिलविजक बिनाका सामानहरूले पुष्टि गर्दछ ।

 उदाहरणका लागि  बाँकेमा सशस्त्र प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा जिल्लाभरबाट झण्डै साँढे २ करोड रुपैयाँ बराबरका भन्सार चोरी पैठारीको सामान बरामद गरेको बताएकाे छ । गत वर्ष २०७८ को माघ महिनादेखि २०७९ असार मसान्तसम्म सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले २ करोड ४१ लाख ६५ हजार ९१६ रुपैयाँ बराबरमा अवैध सामाग्री  बरामद गरेको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिएका छन् ।

   सीमा सुरक्षा र तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले विशेष सक्रियता देखाएको छ । सशस्त्र प्रहरी बल ३० नम्बर गण बाँकेको छोलीले २०७९ साउन २४ गते मंगलबार ट्रकसहित लगभग साँढे ५९ लाखको अवैध सामग्री बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गर्न सफल भएको छ । गत केही समयदेखि सशस्त्र प्रहरीले जिल्लाको ६५ किलोमिटरको खुला नाकामा तस्करी र अवैध आयात रोक्न कडा अभियान चलाएको थियो ।   

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी जनकराज बस्नेत नै तस्करी नियन्त्रणमा खटिएका छन् । एसपी बस्नेतको कमान्डमा गएको टोलीले साउन २४ गते मंगलबार बिहान २ बजे बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ हात्तीसार चिसापानीमा भे १ ख ३५८८ नम्बरको  ट्रकलाई चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा अवैध चामल, चिनी, सुपरपावर सुर्ती, लेडिज सुट बरामद गरेको बताएकाे छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका एसपी बस्नेतको कमान्डको टोलीले ट्रकसहित बिल नभएका १ सय बोरा चिनी, ३ सय बोरा चामल, २९ बोरा सुपरपावर सुर्ती, १ सय पिस लेडिज सुट बरामद गरेको हो । सशस्त्रको टोलीले दैलेख गुराँसे गाउँपालिका ४ का २७ बर्षीय ट्रक चालक गौरव गिरी र दैलेख दुल्लु १२ का २१ बर्षीय ट्रक चालक अर्जुन रावतलाई समेत पक्राउ गरेको जनाएको छ ।

बरामद गरिएका ५९ लाख ४० हजार बराबरका सबै अवैध सामग्री, नियन्त्रणमा लिइएको ट्रकसहित दुई जनालाई आबश्यक कारबाहीका लागि मंगलबारै नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी गण बागेश्वरी गणको विज्ञप्तिमा उल्लेख छ ।एसपी बस्नेत तस्करी नियन्त्रणका लागि आफैं गस्ती गर्दैआएका छन् ।

एसपी नै गस्तीमा निस्किएपछि मातहतका बीओपीहरुबाट पनि भन्सारछली कम हुन थालेको छ । र, भन्सार राजस्व समेत बृद्धि हुँदै गएको छ । एसपी बस्नेले सीमा नाकामा हुने तस्करीविरुद्ध दैनिक गस्ती समेत गर्दै आएकाे बताए  ।

बस्नेतले बाँके कमान्ड सम्हालेको ६ महिनामै साढे २ करोड बढीको राजस्व समेत संकलन गर्दै संगठनमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी उच्च अधिकृतमा नाम लेखाउन समेत सफल बनेका छन् ।

सशस्त्र प्रहरीले बाँकेको नेपालगन्जस्थित सीमा नाकाबाट भन्सार छली गरेर नेपाल भित्र्याउँदै गरिएको ठूलो परिमाणका अवैध सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक गणेश खत्रीको कमाण्डमा गएको टोलीले  नेपालगन्ज १५ पिप्रहवाबाट पौने ३ लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिए  । 

तस्करीविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएको सशस्त्र प्रहरीको टोलीले भन्सार छली गरेर ल्याउँदै गरिएको ठूलो परिमाणमा कपडा बरामद गरेको छ भने सोही टोलीले पिप्रहवा नजिकैबाट भारत लैजाँदै गरिएको ठूलो परिमाणमा धुलो सुपारी समेत बरामद गरेको हो ।

  त्यस्तै बरामद गरिएका अन्य अवैध सामग्रीहरूमा किराना सामाग्री, प्लास्टिकका भाँडा, झ्याल(ढोकामा लगाउने कब्जा, खाद्यान्न, चिनी, महिलाले प्रयोग गर्ने ठूलो परिमाणको कपडा लगायत रहेका छन् ।

बरामद गरिएका सबै २ लाख ७० हजार १५० रुपैयाँ बराबरका अवैध बस्तु तथा सामग्रीलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । बाँकेको सीमा नाकामा अवैध तस्करीविरुद्ध  कडाइका साथ लाग्न सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले निर्देशन दिएको बताए  । सशस्त्र प्रहरी बलले बाँकेका सबै नाकामा अवैध ओसारपसारविरुद्धको अभियानमा लाग्दै दैनिक लाखौँ रुपैयाँको सामग्री बरामद गर्दै आएको बस्नेतले बताए  ।