🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अनलाइनमार्फत दुर्व्यवहार गरेर आत्महत्या गर्न बाध्य पार्ने हल्यान्डका पुरुष दोषी ठहर

ओटाबा, २४ साउन : ब्रिटिश कोलम्बियाको एक अदालतले क्यानडेली युवतीलाई अनलाईमार्फत दुर्व्यवहार गरेको आरोपमा एक नेदरल्यान्डका पुरुषलाई दोषी ठहर गरेको छ । दुर्व्यवहारपछि ती क्यानेडेली युवतीले आत्महत्या गरेकी थिइन् ।

अदालतले दोषी ठहर गरेका ४४ वर्षीय आयडिन कोबानविरुद्ध जबरजस्ती असुली, बाल प्रलोभन, बाल पोर्नोग्राफी र उत्पीडन गरेको अभियोग लगाइएको छ ।

त्यतिबेला १५ वर्षकी अमान्डा टोडले सन् २०१२ मा एउटा भिडियो पोस्ट गर्दै कोबानले अनलाईमार्फत यौन दुर्व्यवहार गरेको गुनासो गरेकी थिइन् ।

उक्त भिडियोलाई युट्युवबाट लाखौँ पटक हेरिएको थियो र अनलाईनमार्फत यौन दुर्व्यवहारबारे राष्ट्रिय बहस बढेको थियो । भिडियो अपलोड गरेको पाँच सातापछि उनले आत्महत्या गरेकी थिइन् ।

इन्टरनेटमार्फत दर्जनौँ महिलालाई ब्ल्याकमेल र दुर्व्यवहार गरेको अभियोगमा कोबनलाई सन् २०१७ मा ११ वर्ष जेल सजाय तोकिएको थियो । उनले बेलायत, क्यानडा र अमेरिका युवतीलाई दुर्व्यवहार गरेका थिए ।  

क्यानडामा सुपुर्दगी गरिएपछि उनीविरुद्ध बाल अश्लील सामग्री वितरण गरेको, जबर्जस्ती पैसा असुली गरेको र मानसिक यातना दिएको आरोप लगाइएको थियो ।
एजेन्सी