🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जापानको नागोयामा दोस्रो नेपाल फेस्टिभल आयोजना हुँदै

नागोया । जापानका विभिन्न शहरहरुमा नेपालको मौलिकता र संस्कृतिलाई जगाउँदै समय समयमा विभिन्न कार्यक्रमहरु आयोजना गरिँदै आएको छ । हालै जापानको राजधानी टोकियोमा १२औं नेपाल फेस्टिभल सम्पन्न भएको छ । साथै जापानकै अर्को शहर फुकुओकामा १०औं नेपाल फेस्टिभल सम्पन्न भइसकेको छ । नेपालीहरुको बाक्लो उपस्थिति रहेका शहरहरुमा पछिल्लो समय नेपालका सांस्कृतिक कार्यक्रमहरु आयोजना हुँदै आएका छन् । 

नेपालीहरुको बाक्लो उपस्थिति रहेको जापानको चौथो प्रमुख शहर नागोयाको साकाएस्थित हिसियाओदोहोरी पार्कमा पनि आगामी सेप्टेम्बर ३ र ४ मा दोस्रो नेपाल फेस्टिभल आयोजना हुन गइरहेको छ । नेपालको संस्कृति र पहिचानलाई जापानमा फैलाउन र जापानी पर्यटकलाई नेपालको संस्कृति, भेषभुषा, खानपान तथा नेपालको पर्यटकीय क्षेत्रबारे परिचित गराउने उद्देश्यले आयोजना गर्न लागिएको दोस्रो नेपाल फेस्टिभलले जापानी पर्यटक नेपाल भित्र्याउन ठूलो मद्दत गर्ने अपेक्षा राखिएको छ । 

आगामी २०२२ सेप्टेम्बर ३ र ४ मा आयोजना हुने फेस्टिभलमा रेस्टुरेन्ट तथा व्यावसायिक गरी २७ वटा स्टल रहनेछ । यी स्टलहरुमा नेपालको कला संस्कृति झल्किने, नेपालको पर्यटनबारे जानकारी दिने, नेपाली मौलिक खानालगायतका स्टलहरु रहने नेपाल फेस्टिभल नागोयाका संयोजक दीपक कार्कीले जानकारी दिए । 

गैरआवासीय नेपाली संघ एनआरएनए क्षेत्रीय समिति नागोया र टोकियोस्थित नेपाली दूतावासको संयुक्त आयोजनामा हुने कार्यक्रममा विभिन्न नेपाली तथा जापानी विशिष्ट पदाधिकारीहरुकोसमेत उपस्थिति हुने जानकारी आयोजकले दिएका छन् । नागोयास्थित दोस्रो नेपाल फेस्टिभलमा नेपालको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमहरु समावेश हुनेछ ।