• बुधबार-बैशाख-१२-२०८१

शेयर मार्केटका लगानीकर्ताको हकहितका लागि काेइरालाकाे नेतृत्वमा बन्याे १०१ सदस्यीय समिति

 


काठमाडाैं । अर्बपति ठूला र हजारपति साना पुँजीमा खेल्ने, कहिले गुमाउने कहिले धेरथाेर कमाएर लाखाै मानिस रमाउने  क्षेत्र भनकै शेयर बजार हाे ।  २०७६ साल चैत ११ गते काेभिडकाे लकडाउनपछि याे क्षेत्रमा गृहणीहरू र विद्यार्थीहरू समेत आकर्षित भएकाे पाइन्छ । हात गाेडाका बिस औंला खियाएर शुद्ध र पारदर्शी रूपमा आर्जन गरिने प्रत्येक काराेवारकाे राज्यलाई कर तिरेर शेयर बजारमा हाेमिएका पचासाै लाख जनताकाे बारेमा सरकार र राजनीतिक दलहरू कहिल्यै सकारात्मक भएनन् ।  


  पत्रकारिता पेशामा लामाे संघर्ष गरेका तर, विहान बेलुकाकाे गाँस समेत ढुक्कले सुरक्षित गर्न नसकेका युवा व्यक्तित्व तिलक काेइराला अहिले ज्यानकाे समेत प्रवाह नगरी  शेयर बजार व्यवस्थित गर्नका लागि संघर्षरत रहेका छन् ।  तिलक काेइरालाकाे त्यही संघर्षकाे निरन्तरता हाे, लगानीकर्ताका चार वटा संगठनहरु स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघ, शेयर लगानीकर्ता दबाब समूह, पूँजी बजार संघ र लगानीकर्ता हकहित संरक्षण मञ्चलाई एक आपसमा गाभेर १०१ सदस्यीय सेयर लगानीकर्ता एकता समिति निर्माण गरिएको छ ।

 

यस समितिले अबका दिनमा बाँकी रहेका अरु लगानीकर्ता संघहरुलाई गाभ्दै पुँजी बजारको विकास र लगानीकर्ताको हकहित संरक्षणका लागि सक्रियतापूर्वक काम गर्ने विश्वास काेइरालाले व्यक्त गरेका छन् ।


पुँजी बजारको विकास र लगानीकर्ताको हकहित संरक्षणका लागि एउटा एकीकृत संस्थाकाे आवश्यकता महसुस गरिएकाे छ ।  देश विदेशमा रहेका ५३ लाख भन्दा बढी लगानीकर्ताको साझा र एकमात्र सवल संस्थाको उदय चाँडै नै हुनेछ भन्ने साझा अठोट गर्दै ब्यापक अभियान संचालन गर्न ३५ सदस्यीय सचिवालय पनि गठन भएको छ ।


 लगानीकर्ताको साझा र एकमात्र सवल संस्थाको अभियानकर्ता तिलक काेइराला भन्छन्,  मैले लगानीकर्ताहरुको संगठनमा कुनै पनि कार्यकारी पद नलिने पूर्व घोषणा गरेको थिएँ, तर कार्यक्रम स्थलमा लामो समयसम्म अनिच्छा जाहेर गर्दा पनि उपस्थित सबै सहभागीले मैले संयोजकको पद स्वीकार नगरे कार्यक्रम नै विथोलिने चेतावनी दिएको अवस्थामा बाध्यताबश आग्रह स्वीकार गर्नु परेको छ ।

 

तिलक काेइरालाले आगामी तीन महिना भित्रमा सबै संघहरुलाई गाभेर लगानीकर्ताको एक मात्र सवल संघको महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता समेत ब्यक्त  गरेका छन् । त्यसपछि काेइरालाले आफू कुनै कार्यकारी पदमा नरहने घोषणा पनि गरेका छन् ।


काठमाडौको डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संघको भवनमा २०७९ साउन २० गते भएको लगानीकर्ता संघहरुको एकता घोषणा कार्यक्रममा २०० जना भन्दा बढी लगानीकर्ताहरुको सहभागिता रहेकाे तिलक काेइरालाले जानकारी दिंदै पछि थप गर्ने गरी हाल १०१ सदस्यीय शेयर लगानीकर्ता एकता समिति गठन गरिएकाे छ।


समितिमा संयोजक: तिलक कोइराला, सदस्यहरु: मुक्ति अर्याल, रोहन कार्की, एसपी चौलागाई, सुवासचन्द्र भट्टराई, नयन बास्तो्ला, कमल भारती, बिशाल कडरिया, नानीबाबुु खरेल, सुरज खड्का, बालकृष्ण निउरे, एलबी साह, रामनाथ यादव, लता शाह, श्याम ढकाल, प्रकाश सापकोटा,  पुरुषोत्तम कँडेल, बुद्धिसागर डुम्रे, नरेश मानन्धर, बेनिमाधब सेढाई, कमलराज अधिकारी, मिलन पौडेल, प्रमिला राजभण्डारी, डेगबहादुर कार्की, लक्ष्मण बन्जारा, हरिप्रसाद सापकोटा, भुवन ढुंगाना, खोमनाथ प्याकुरेल, रुपक बुढाथोकी, अनु शर्मा, शिवराम श्रेष्ठलगायत १०१ सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस