• बिहीबार-चैत-१५-२०८०

प्रेमगीत ३ को लहर विश्वभर : आगामी असोज ९ गते जापानमा प्रदर्शनको तयारी

काठमाडौं । दर्शकको सर्वत्र पर्खाइमा रहेको नेपाली चलचित्र प्रेमगीत ३ निकै चर्चामा छ । नेपाली भाषाको चलचित्र प्रेमगीत हिन्दी भाषामा समेत अनुवाद भएर प्रदर्शनको तयारीमा रहेको छ । प्रेमगीत र प्रेमगीत २ को सफलतालाई निरन्तरता दिँदै प्रेमगीत ३ निर्माण गरी प्रदर्शनको तयारीमा थियो । कोरोना संक्रमणका कारण समयमा प्रदर्शन हुन नसकेको एकदमै आशा गरिएको चलचित्र प्रेमगीत ३ आगामी २०७९ असोज ७ गते मुलुकभर र भारतमा प्रदर्शन हुन लागेको हो । 


नायक प्रदीप खड्का र नायिका क्रिष्टिना गुरुङको अभियन रहेको उक्त चलचित्रलाई स्व.छेतन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका छन् भने निर्माता पनि सन्तोष सेन नै रहेका छन् । साथै चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतमलगायतका कलाकारहरुको अभिनय रहेको छ । 


नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ भने जापानमा असोज ९ गते प्रदर्शन हुन लागेको हो । नेपाल र भारतमा प्रदर्शन भएको दुई दिनपछि जापानका विभिन्न शहरहरुमा चलचित्र प्रदर्शन हुने भएको हो । प्रेमगीत ३ जापानमा प्रदर्शन गर्नका लागि सेभेन सामुराईले अफिसियल बिक्रेताको राइट लिएको छ । त्यसैगरी यस चलचित्र प्रदर्शनमा सिटी एक्सप्रेस जापानले इभेन्ट पाटर्नरको रुपमा काम गर्नेछ भने ग्लोबल मल्टीमिडिया प्रालिले यसको व्यवस्थापनको जिम्मेवारी लिएको छ । 


सेभेन सामुराई इन्टरनेशनल कम्पनी, सिटी एक्सप्रेस जापान र ग्लोबल मल्टीमिडियाको सहकार्यमा प्रेम गीत ३ जापानका १० शहरमा प्रदर्शन हुने र अन्य १३ शहरमा पनि प्रदर्शन गर्ने तयारी गरेको सेभेन सामुराई कम्पनीका संचालक तथा प्रबन्धक रेशमकुमार डंगोलले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस