🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्री चौधरीद्वारा दर्जन गाडी दुरुपयोग : आयोजना प्रमुख वाक्कदिक्क

काठमाडौं । पेट्रोलियम पदार्थको अचाक्ली मूल्यबृद्धि भएपछि सरकारले इन्धनको प्रयोगलाई कम गर्ने नीति अपनाएको छ । तर सरकारको नीतिलाई एक मन्त्रीले ठाडो चुनौती दिंदै १ दर्जन सवारी साधन दुरुपयोग गरेको तथ्य फेलापरेको छ । 

खानेपानी मन्त्री उमाकान्त चौधरीले आफू, परिवार र आसेपासेका लागि भन्दै मन्त्रालय र मातहतका निकायबाट जबर्जस्ती रुपमा दर्जन बढी सवारी साधन मागेर दुरुपयोग गरेका छन् । मन्त्रीलाई गृहमन्त्रालयले छुट्टै सवारीसाधनको ब्यवस्था गरेको छ । जुन पछिल्लो समयमै सम्बन्धित मन्त्रालयबाटै प्राप्त हुने ब्यवस्था मिलाइएको छ । चौधरीले त्यस गाडीका अलावा मन्त्रालयबाट छुट्टै झण्डावाल गाडी प्रयोग गर्दछन् । 

 २ वटा गाडीसम्म मन्त्रीले प्रयोग गर्नु सामन्य मानिएला तर उनको चित्त यतिमै रोकिएको छैन, दर्जनभन्दा सवारी साधन उनले दुरुपयोग गरेका छन् । खानेपानी मन्त्रालय प्रशासन महाशाखा स्रोतका अनुसार मन्त्री चौधरीले खानेपानी विभाग, आयोजना कार्यान्वयन निर्देशनालय, मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्ड, केयुकेएल लगायतका सबै निकायका प्रमुखहरु मन्त्रीका आसेपासेले गाडी र तेल मागेर हैरान पारेपछि वाक्कदिक्क भएर उनी कहिले पदबाट हट्छन् भनी प्रतिक्षामा छन् ।

आयोजना कार्यान्वयन निर्देशनालयका यसअघिका प्रम्ुख कमल श्रेष्ठ मन्त्री चौधरीको माग पूरा गर्न नसकेकै कारण सरुवा भए । उनीपछि आएका राजेन्द्र सापकोटा पनि चौधरी र उनका आसेपासेको माग पूरा गर्दा कुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परिएला भनेर चिन्तित छन् । स्रोतका अनुसार मन्त्रीले प्रयोग गर्ने बा २ झ ३७३० का अलावा गृहमन्त्रालयले छुटटै झण्डावाल गाडी दिएको छ ।

बा ९ च ५७२०, बा १७ च ३८०, बा ११ च ७१०४, बा १९ च २०४३ नम्बरका सरकारी गाडी मन्त्री चौधरीका परिवार र सचिवालयका सदस्यले दुरुपयोग गर्दैआएका छन् । त्यसैगरी, बा ९ च ५७२० को पिकअप गाडी पनि सचिवालयका कर्मचारीले नै प्रयोग गर्दैआएका छन् । त्यो गाडी मन्त्रीले बारामा घाँसदेखि आँपसम्म ओसार्न प्रयोग गरेको आरोप छ ।

४ चक्कावाला सवारीसाधनले नपुगेर २ वटा स्कुटर र मोटरसाइकल समेत मन्त्री चौधरीकै आसेपासेले प्रयोग गरेका छन् । यति धेरै सवारी साधनका लागि तेल पनि नियम बिपरीत मागेर हैरान पार्ने गरेको एक आयोजना प्रमुख प्रमुखले बताए । जुन कार्यालय वा आयोजनाले सवारी साधन उपलब्ध गराएको हो, त्यही निकायले तेल अनिवार्य दिनुपर्ने नीति नै बनाएका मन्त्री चौधरीको दबाब र ब्यवहारप्रति कर्मचारीहरु समेत आक्रोसित छन् । 

खानेपानीमा सिटौलाका 
नातेदारलाई जागिर

खानेपानी मन्त्रालयमा मन्त्री उमाकान्त चौधरीको रजगज त छँदैछ, सन्तनेता दाबी गर्ने कृष्णप्रसाद सिटौलाका भाइभतिजा हौं भन्नेहरुको रजाई पनि चर्कै छ । मन्त्रीका कार्यकर्ताहरुको ब्यवस्थापन गर्ने चटारोबाट मात्रै खानेपानीका हाकिमहरुलाई धर छैन, सिटौलाका अनुयायीहरुको चाकडी पनि गर्नुपर्ने बाध्यता छ । मन्त्री चौधरीले मातहतका निकायमा १ सय ५० भन्दा बढी कार्यकर्तालाई भर्ति गरिसकेका छन् । मन्त्रीको दबाबमा मिटर रिडरदेखि कम्प्युटर अधिकृतसम्मलाई भर्ति गरिएको छ । 

यसैक्रममा सिटौलाका भतिजा हुँ भन्ने उनकै दैलोमा हरेक दिन हाजिर भई सहयोगीको दाबा गर्ने किरण सिटौलाले पनि खानेपानी मन्त्रालयबाट लाभ लिन सफल भएका छन् । कृष्ण सिटौलाको नाम लिंदै प्रायःजसो मन्त्रालय र मन्त्रीको निवासमा देखिने किरणले चौधरी मन्त्री भएपछि श्रीमतीलाई जागिर लगाउन सफल भएका छन् । नेता सिटौलाको काम फत्ते गर्दागर्दै मन्त्री चौधरीलाई आफ्नो स्वार्थ पनि पूरा गराउन उनी सफल भएका छन् ।

स्रोतका अनुसार मन्त्री चौधरीको दबाबमा किरणकी श्रीमती एन्जिला ढकाललाई बिघटित मेलम्ची आयोजनामा कम्प्युटर अधिकृतमा भर्ना गरिएको छ । आयोजना प्रमुख बासुदेव पौडेलले किरणपत्नीलाई जागिर दिएर मन्त्री चौधरी र नेता सिटौलालार्ई रिझाउन सफल भएका छन् । यो प्रकरणबारे सन्तनेता सिटौला भने अनभिज्ञ रहेको बताइन्छ । उनले मन्त्रालयका अधिकारीलाई समेत सिटौलाको नाम भजाएर अनावश्यक लाभ लिंदैआएको आरोप छ ।