• बिहीबार-बैशाख-१३-२०८१

निर्वाचन घाेषणासँगै धेरै सचिवहरूकाे सरूवा र राजनीतिक नियुक्तिकाे तयारी

 


काठमाडाैं । सरकारले आज २०७९ साउन १९ गते दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकबाट २०७९ मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । हिजो २०७९ साउन १८ गते दिउँसो सत्ता गठबन्धनका दलहरुबीच भएको सहमति अनुसार आज मन्त्रिपरिषद्ले चुनावको मिति घोषणा गर्न लागेको हो ।


    निर्वाचन आयोगले सिफारिश गरेको मितिमै सरकारले निर्वाचन मिति घोषणा गर्न लागेको हो । निर्वाचन मिति घोषणा गर्न बस्ने मन्त्रिपरिषद् बैठकले विभिन्न राजनीति नियुक्तिदेखि सचिवहरुको सरुवा गर्न लागेको छ । एक दर्जन मन्त्रालयमा सचिवहरुको सरुवा गर्न लागेको बताइएको छ । पर्यटन मन्त्रलयामा भने एक सातादेखि सचिव रिक्त रहेको छ ।


  अर्थ मन्त्री जनार्दन शर्माकाे तानाशाही खप्न नसकेर अर्थ सचिव मधु मरासिनी चाहिं आफै सरुवा खोजिरहेका कारण उक्त मन्त्रालयका सचिव पनि हेरफेर हुने भएका छन् । यता, श्रमसचिव एकनारायण अर्याल पनि सरुवा हुने भएका छन् ।

 

त्यसैगरी, उद्योग सचिव अर्जुन पोखरेल र वाणिज्य सचिव गणेश पाण्डेय, सामान्य प्रशासन सचिव सुरेश अधिकारीपनि सरुवाको दौडमा रहेका छन् ।  कनिष्ठ सचिव विनाेद सिंह भने 'सुप' काे साेर्सफाेर्स र शक्ति भिडाएर गृह मन्त्रालयकाे सचिव बन्ने भगीरथ पर्यत्न लागेकाे स्राेत बताउछ ।


   प्रधामन्त्री कार्यालयमा रहेका सूर्यमणि गौतम, सुरेश आचार्य पनि सरुवाको खोजीमा रहेका छन् । यता, गोपी खनाल, केवल भण्डारी, वैकुण्ठ अर्याललगायतका सचिव पनि सरुवाको प्रयासमा रहेका छन् । उनीहरुमध्ये धेरैले अर्थ र पर्यटनमा नजर लगाएका छन् । अर्थ, राजश्व प्रशासनका विज्ञका रूपमा रहेका  केवल भण्डारी, डा. वैकुण्ठ अर्याल मध्ये एकजनाले अर्थ पाउने चर्चा पनि चलकाे छ ।


  माधव नेपालसम्म पुगेर सूर्यमणि गौतमले पर्यटन सचिवका लागि प्रयास गरेकाे स्राेतबताउछ । घरपायक र एकीकृत समाजवादी नेतृ कल्याणी खड्का सहपाठी भएका कारण गोपी खनाल पनि पर्यटन सचिवका लागि दौडमा रहेकाे चर्चा छ । उनी गत असारमा सचिवमा बढुवा भएका कारण तत्काल पर्यटन सचिव हुने संभावना कम रहेको बताएको छ ।


 उक्त मन्त्रालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो रोजाईको सचिव पर्यटनमा पठाउन लागेको स्रोतका दाबी छ । त्यही भएर पर्यटन सचिवमा पोखरेलको नाम पनि चर्चा रहेको छ ।

प्रतिकृया दिनुहोस