🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कान्ति लोकपथको देवीसाँधमा पहिरो

काठमाडौँ । हेटौँडा जोड्ने कान्ति लोकपथ अन्तर्गत बागमती गाउँपालिका–३ भट्टेडाँडाको देवीसाँधमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । भारी वर्षात भएसँगै मङ्गलबार उक्त ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको हो ।

पहिरोले सो वडासँगै वडा नं २ माल्टा, ४ प्यूटार, ५ इकुडोल, ६ आस्राङ, ७ गिम्दी तथा सो लोकपथ भएर फापरबारी हुँदै मन्थली जाने र हेटाँैडा यात्रा गर्ने सडक अवरुद्ध भइरहेको स्थानीय रमेशकुमार सञ्जेलले बताउनुभयो । त्यस्तै विद्युत अवरुद्ध हुनुका साथै दूध र तरकारी ढुवानी समेत रोकिएको छ । 

गाउँपालिकाबाट दैनिक काठमाडौँका बजार पुग्ने पाँच देखि ६ हजार किलो तरकारीसमेत बेच्न नपाएर नष्ट गर्नुपरिरहेको स्थानीय शिवप्रसाद सञ्जेलले बताउनुभयो । उक्त पहिरो खुलाउन प्रयास भइरहेको छ । आज दिउँसो वर्षा नभए साँझसम्म स्काटभेटर लगाएर पहिरो खुलाउने तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताउनुभयो ।