🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पौराणिक झुलानोत्सव पर्व सुरु

जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागतरुपमा मनाइँदै आएको पौराणिक झुलनोत्सव पर्व गएरातिदेखि सुरु भएको छ । आउँदो पूर्णिमाका दिनसम्म मनाइने झुलनोत्सवका  लागि लक्ष्मीनारायण मठबाट प्रत्येक साँझ कलात्मक पालकीमा  बाजागाजाका साथ भगवान् रामसीताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा पु¥याएर  राति अबेरसम्म झुला झुलाइन्छ ।  

    महोत्तरीको लक्ष्मीनारायण मठ, धनुषाको जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरका साथै सर्लाही, सिराहा,  सप्तरी,  भारतको तिरहुत तथा  विहारका विभिन्न मठमन्दिरमा झुला पर्व मनाइने परम्परा छ । झुला घरमा रामसीताको मूर्ति राखी धार्मिक गीत र भजनकीर्तनका साथ राति अबेरसम्म झुला झुलाउने गरिएको लक्ष्मीनारायण मठका महन्थ जगन्नाथ दास वैष्णवले बताउनुभयो । भगवान् रामसीताले  साउन महिनामा यसैगरी झुला झुलेको सम्झना गर्दै झुलनोत्सव मनाइने गरिएको उहाँको भनाइ थियो ।  

    झुलाका अवसरमा मटिहानीमा मेला आयोजना गरिएको छ । मेला हेर्न र भगवान् रामसीताको भुलनोत्सवमा सहभागी हुन नेपाल र भारतका श्रद्धालुहरुको भीड लाग्ने गर्दछन् । सांस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासन निर्माण गरी सजाइएको गद्दीमा रामसीता र  लक्ष्मीनारायणलगायतको मूर्ति राखी बाजागाजाका साथ झुलाउने परम्परा छ ।    मिथिला क्षेत्रमा रोपाइँ सकिने बित्तिकै झुला पर्वको रौनक सुरु हुन्छ । प्रत्येक मठमन्दिरमा कजरी र मलारजस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाका समयमा गाउँघरका र वरपरका श्रद्धालुहरु जम्मा भएर भजनकीर्तन, नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन छ ।

    झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ । जोगी सन्यासीहरुले पनि आफ्ना आराध्य देवलाई झुलाउने परम्परा रहेको छ । वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रुपमा मनाइन्छ । पन्ध्र दिनसम्म चल्ने यस झुलनोत्सवका अवसरमा मटिहानीको घर घरमा पाहुनाहरुसमेत आउने र झुला पर्व तथा मेलामा सहभागी हुने गर्दछन् ।  मटिहानीका झुला पर्वको आकर्षणका लागि यसपालि त्यहाँ सर्वसाधारण बालबालिकाहरुलाई पनि झुलाको आनन्द लिन मेसिनमा चल्ने झुलाका साथै ठूलो मेलाको आयोजना गरिएको छ ।