🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

महानगरको सात दिने पत्र, कार्यान्वयनमा आलटाल

काठमाडौं, १४ वैशाख : काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा विभागले कार्यालय भवन उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र लेखेको छ । 

भूकम्पले भवनहरु अस्तव्यस्त भएका अवस्थामा आधारभूत र माध्यमिक शिक्षाको व्यवस्थापन गर्नका लागि कठिन भए पनि महानगरपालिकाले नै सहज र सरल ढंगबाट सेवाग्राहीलाई सेवा दिन नसकेको भन्दै तत्काल महानगरपालिकाको अन्तर्गत रहेको शिक्षा विभागलाई व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । 

हाल जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ रहेको भवनमा यो विभागलाई व्यवस्थापन गर्न सम्भव भएको भन्दै महानगरले भवन उपलब्ध गराउन अनुरोध पत्र काटेको हो । 

महानगरपालिकाले पत्र प्राप्त भएको सात दिन भित्र हाललाई त्यस भवनको कम्तीमा एक फ्ल्याट उपलब्ध गराउन पनि निर्देशनाुसार अनुरोध गरेको छ । 

पत्रमा यसअघि पनि पत्राचार भए पनि कार्यान्वयन गर्न आलटाल गर्दा महानगरपालिकालाई कार्यसम्पादन गर्न कठिनाइ भएको हुँदा तत्काल कार्यान्वयनमा ल्याउन पनि स्मरण गराइएको छ ।