🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाले लडेकाे नेपाल-अङ्ग्रेज युद्धका केही तथ्य

  बुझ्न पर्ने कुरो के हुन्छ भने सैनिक युद्ध  Army War भन्नाले समग्र पाटोलाई समेट्छ । तर त्यो युद्धभित्र धेरै लडाईंहरु Battle  हुन्छन् । तसर्थ नेपाल –  अङ्ग्रेज युद्ध भनेको समग्र  रुपमा समेटिने नाम हो । त्यसभित्र त्यसबखत नेपालकै भूभाग रहेकाे टिस्टा नदीदेखि सतलज नदीभित्र  धेरै लडाईंहरु भएका थिए। ती मध्ये निम्न  तथ्यहरू इतिहासमा पढ्न  पाइन्छन :

१. सबैभन्दा पहिला सुरु भएको लडाईं नालापानी उपत्यका(बि. सं. १८७१-७३) को खलङ्गा भन्ने ठाउँमा भएको थियो । सन् १८१४ को नोभेम्बर १ तारिखबाट युद्ध हुने घोषणा गरेको अङ्ग्रेज(बेलायत)ले फटाइँ गरेर करिब ८ दिन अगाडि नै नेपालकाे  नालापानी क्षेत्रमा हमला गर्यो । अनि सबैभन्दा पहिला नेपालले हारेको लडाईं पनि यही हो।

झन्डै ४ हजार अङ्ग्रेज सेनाविरुद्ध राष्ट्रकाे रक्षाका लागि नेपाली सेना ५०० जतिले सीमित स्राेत साधन भएपनि ५ हप्तासम्म बीरताको साथ लडे । तर फौज र लडाईं गर्ने सैन्य सामग्री(बन्दाेबस्ती)को कमीले लडाईं जित्न सकिएन।

   कुमाउ ईलाकाका सैनिक कमान्डर चौतारिया हस्तीदल शाह र प्रशासनिक कमान्डर  (गभर्नर जस्तै ) चौतारिया  बम शाह थिए । हस्तीदल लडाईंमा मारिए। त्यसपछि यो क्षेत्रमा नेपाल सेनाको  हार भयो ।

२ .सबैभन्दा पूर्वमा रहेको बिजयपुर सिलगढी ईलाकामा बढेका ब्रिटिश सेनालाई काजी बखताबर सिंह थापाले अगाडि बढ्नै नदिएको चाहिं पक्का हो ।

३. रौतहट-बारा-पर्सालगायत  मकवानपुर क्षेत्रको लडाईंमा कर्नेल ( पछि जनरल ) रण वीर  सिंह थापाको नेतृत्वमा धेरै ब्रिटिश सेना मारेर बिजय  प्राप्त गरेकै हो। यो युद्धमा नेपाली सेनाकाे सामना गर्न नसकेर ब्रिटिश सेनाका डिभिजन कमान्डर बेनेट मार्ले भागेका थिए ।

४. बुटवल-कपिलबस्तु-तान्सेन ईलाकाको लडाईंमा कर्नेल उजिर सिंह थापाको नेत्तृत्वमा ब्रिटिश सेनालाई २ पटक हराएकै हो । याे युद्धमा धेरै ब्रिटिश सेना मारिए ।

५ .कुमाउ ईलाकाका सैनिक कमान्डर चौतारिया हस्तीदल शाह र प्रशासनिक कमान्डर  (गभर्नर जस्तै ) चौतारिया  बम शाह थिए । हस्तीदल लडाईंमा मारिए। त्यसपछि यो क्षेत्रमा नेपाल सेनाको  हार भयो ।

६ .सिर्मौनको जैथकको किल्लाहरुमा भएको लडाईंको नेतृत्व काजी रणजोर थापाले गरेका थिए।  याे लडाईंमा यिनले धेरै ब्रिटिश सेना ढाल्न सफल भएका थिए । लडाईंको वार-पार नभै उनका पिता काजी (बडा) अमर सिंहले १५ मे   १८१५ मा मलाउमा गरेको सम्झौता अनुसार लडाईं रोकेर किल्ला छाड्नु पर्यो। नेपाल अङ्ग्रेजयुद्धमा सबै भन्दा  धेरै शत्रु मार्ने र सबैभन्दा लामो  लडाईं यही क्षेत्रमा भएको  थियाे भन्ने कुराकाे इतिहास साक्षी छ ।

७ .श्रीनगर क्षेत्रमा पहिलाका मूलकाजी बखताबर सिंह बस्न्यातको नेतृत्वमा फौज तयारी अवस्थामा थिए । अङ्ग्रेज त्यहाँ नपुग्दै मलाउको सम्झौता भयो । यहाँ लडाईं भएन।

८. मलाउ-बिलासपुर-सतलज  ईलाकाका सैनिक कमान्डर  सरदार अर्थात कप्तान भक्ति थापा थिए । उनी पनि लडाईंमा मारिए । यो क्षेत्रको लडाईंमा अङ्ग्रेज सेनासँग नेपाली सेनाकाे हार अभयो। अन्तमा यही मलाउ किल्लामा अङ्ग्रेजसँग १५ मे  १८१५ मा सम्झौता भै नेपालले महाकाली पश्चिमको सबै भूगोल छाड्नु परेको थियो।

९. बडाकाजी अमर सिंह थापा मलाउ- बिलासपुर, जैथक र नालापानी क्षेत्रको जिम्मेवार प्रशासनिक कमान्डर (गभर्नर जस्तो पद) थिए। उनैको आदेशबाट ती सबै क्षेत्रको लडाईं लडिएका थिए ।

१०. महाकाली पश्चिममा नेपाली सेनाको सबै  हार भएपछि अङ्ग्रेज सेनाले त्यताका समेत अङ्ग्रेज  सेना जम्मा गरेर मलाउ ईलाकामा नेपाली हराउने जनरल डेभिड अक्टर्लोनीको नेतृत्वमा फेरि दोस्रो पटक हरिहरपुर-मकवानपुर क्षेत्रबाट राजधानीसम्म हमला गर्ने लक्ष्य लिसएर अङ्ग्रेज सेना अगाडि बढ्यो। यो पटक सुरुमा नै हरिहरपुर  गढीमा नेपालको नराम्रो हार भयो। २६ फेब्रेवरी  सन् १८१५ को दिनमा भएको यो लडाईं नै नेपाल-अङ्ग्रेज युद्धको अन्तिम लडाईं थियो। यो लडाईं बाट नै नेपालले अब अङ्ग्रेजसँग लडाईं नगर्ने  निधो  गरेको थियो।

१२ मकवानपुर ईलाकामा तोपबाट अलि अलि फाइरिङ्ग बाहेक लडाईं भएन र नेपालले हाल भारतमा  रहेको सुगौली छाउनीमा पुगेर सुगौली सन्धिमा हस्ताक्ष्यर गरेको थियो।  यसरी नेपालको-अङ्ग्रेजसँग लडाईं(युद्ध) समाप्त भएकाे थियो।
(सुझाबको लागि अनुरोध छ-प्रेम)