• शुक्रबार-चैत-१६-२०८०

चिफसा’ब ! सेनामा योभन्दा अन्याय के हुन्छ ? के शान्ति सेनामा जाने योग्यता चालकले दिने घुस हो ?

 


प्रधानसेनापतिज्यू, नेपालको इतिहासमा आज एउटा मात्र संस्था रहेको छ । त्यो रंग नधमिलिएको संस्थामध्ये नेपाली सेना प्रमुख हो । तर, बिडम्बना यस संस्था भित्रको चरम बेथिती र चरम लापरवाहीले आज हजारौं तल्लोे दर्जामा कार्यरत सैनिकहरुको भविष्यमा कालो बादल मडारिएको छ ।

 

प्रसंग हो भर्खर हेभी सवारी शान्ति सेना छनौट परीक्षामा भएको आर्थिक चलखेल र अस्वभाविक ट्रायल परीक्षाको बेथितीले आज सयौं राम्रा र भरोसायोग्य चालकहरु शान्ति सेनाको चालक डिउटी लिनबाट वञ्चित भएका छन् ।


  नेपाली सेनाबाट यसरी आर्थिक लेनदेनमा शान्ति सेना ड्राइभिङ ट्रेड पठाउने हो भने संस्थाको सवारी र फ्युल खर्च गरी किन परीक्षाको नाटक मन्चन गनुप¥यो । सिधै जसले बढी रकम दिन सक्छ उसैलाई ट्रायलमा सरिक गराउँदा भैहाल्यो नि ।

 

होइन भने जुन चालकले शान्ति मिसनमा वर्षाैंसम्म गाडीको डिउटी पूरा गरी नेपालमा पनि दिनरात हेभी ट्रायल परीक्षामा समेत ठूलो गाडीको डिउटी लिएको चालक आज ३, ४ पटकसम्म ट्रायल दि“दा पनि नाम नअटाउनुको कारण के हो ?

 

नेपाली सेना जस्तो संस्थामा कर्नेलहरुबाट नगदको खेती गर्नु आज विभागीय प्रमुखमा रहनु हुने जर्साब र चिफसाबले के यसको छानबिन गर्न सक्ने आ“ट गर्नुहुन्छ ? के परीक्षा समितिमा रहेका अधिकृतहरु प्र.से. केशव रायमाझी, सेनानी अमिर, सेनानी नवराज, सेनानी उपाध्याय र सेनानी दिलिप केसीहरुको मोबाइलको म्यासेज र बैंकको अकाउन्टमा जम्मा भएको डिपोजिट स्लिप चेक गर्न सक्ने आ“ट कुने विभागीय जर्साब चिफसाबसँग छ ?


 के तत्कालीन सेनापति पूर्णचन्द्र थापा चिफसाबले झैं ट्रायल परीक्षामा नक्कली डकुमेन्ट पेश गर्ने र परीक्षामा आर्थिक लेनदेन गर्ने संस्थाको जुनसुकै दर्जालाई अनुसन्धान गरी दोषी पाइएमा निलम्बन गर्नसक्ने तागत अहिलेको नेतृत्वले राख्दछ ?

 

अर्कोकुरा परीक्षामा आज एल ग्यारेज, बक्स ग्यारेज, रोड ड्राइभिङ पुरै राम्रो गरी सैद्धान्तिक परीक्षा पनि राम्ररी पास गरी अब त नाम निस्कन्छ भन्ने आशाले भविष्यको उज्ज्वल सपना बुनेका सक्षम चालकको नतिजाको डकुमेन्ट हुबहु चेक गर्ने, छानविन समिति गठन गर्न नेतृत्व सक्षम छ त चिफसाब ?


होइन भने आज कुनैपनि परीक्षा नबिग्रिएको सक्षम चालक यस हेभी ट्रायल परीक्षामा २० प्रतिशत पनि नअटाउनु र धेरै जसो परीक्षामा बिग्रेका चालकले आर्थिक लेनदेनको भरमा नाम निकाल्न सक्षम हुनु र तालिमको लागि पनि नाम पठाउन पहिलो प्राथमिकतामा पाउनु भनेको सेनाको स्वच्छता ध्वस्त हुनु होइन ? के जसले लाखौं रुपैयाँ परीक्षा समितिको अधिकृतहरुलाई बुझाउन सक्छ ऊ मात्रै शान्ति सेनाको हेभी ट्रायल परीक्षामा  छनौट हुने अवसर पाउने कुसंस्कारले त नेपाली सेनाको छवि कहाँ पुग्यो ।


  के संस्थाले राम्रो छवि भएका र योग्यता र क्षमताको मूल्यांकन गरी माथिल्लो दर्जासम्म जाने क्षमता भएको अधिकृतलाई शान्ति सेना ट्रायल परीक्षामा समावेश गर्न सक्दैन र चिफसाब ? कि उनीहरु अब माथि प्रमोसन हुँदैनन् ? केही कमाएर राहत महसुस गरेर जाउन भनेर नन स्टाफ कलेज अधिकृतलाई यस जिम्मेवारीमा पठाएको त पक्कै होइन होला । नत्र जहिले पनि किन ननस्टाफ कलेज भएका अधिकृत नै बढीभन्दा बढी लेनदेन र चलखेलमा हावी हुन्छन् ?

 

रिजल्टको तयारीमा सबै परीक्षामा पास भएका चालकले भोलि जागिर छाडेर खाडी मुलुकमा जाँदा के यस्तै आर्थिक चलखेलबाट शान्ति सेना जाने सिकारु चालकले मिसनमा राम्रो डिउटी गर्लान् ? मिसनमा दुर्घटना भयो भने जिम्मेवार को ?

 

अनि नेपाल आएर ठूलो ट्रक चलाउनलाई ३, ४ वर्ष फेरि अभ्यासमै समय बिताउने हो ? यसको घाटा के संस्थालाई होइन ? हेभी चालक अनुमतिपत्र प्रदान गरेको १ वर्ष भएको चालक लेनदेनबाट शान्ति सेना जाने अनि ५, १० वर्षसमम ट्रक चलाएका चालक जागिर छोड्न बाध्य भई खाडी जाँदा सेनाको ट्रक चलाउन के सिभिल चालक ल्याउन मिल्ला र चिफसाब ?

 

नेपाली सेनामा यो १/२ जनाको मात्र यो बेखुसी र रोदन होइन । सयौं चालकहरु एउटा पनि परीक्षा नबिग्रिँदा पाि सेनाका भ्रष्ट अधिकृतहरुले शान्ति सेना जाने बाटोमा भोटे ताल्चा लगाउने परीक्षामा सामेल ४, ५ जना अधिकृतले लोभ लालच देखाउँदा आज सक्षम र इमान्दार चालकको नेपाली सेनामा खडेरी पर्ने सम्भावना प्रबल देखिएको छ चिफसाब †


हामी दुर्गम जिल्लामा समेत हेभीको डिउटी लिएका फेल ? हामीले ट्रकको डिउटी लिएको १० वर्षभन्दा बढी भयो । आज ट्रायल परीक्षामा नाम निस्कने अधिकांश पदिकहरु राम्रो र हेभी डिउटी लिन असमर्थ छन् । फेरि उनीहरु मिसनमा गएर गाडी चलाउने पनि होइन । पदिक भन्दै खाने र मोटाउने मात्र हो ।

 

गाडी चलाउने भनेको हवल्दारभन्दा मुनिको दर्जाले मात्रै हो । तर, सेनाका अधिकृतसँग लेनदेनको मिलाप गर्न पदिकलाई धेरै सजिलो भएको कारणले पनि अधिकांश पदिकको नाम आउनु स्वभाविक हो ।

 

 

अझ रिजल्ट निकाल्ने दिन १ जना जमदारले निवेश क्यान्टिनमा कुरा गरेको सुनेको, एमटी गणको अधिकृत मेजरलाई आफ्नो पल्टनको सिपाहीभन्दा बाहिरको पल्टनको सिपाही प्यारो लाग्दछ रे । किनकि गणको सिपाहीले चलखेल गर्दैन, मान्दैन,  हाकिमको पावर लगाउ“छ ।

 

बाहिर इन्फेन्ट्रीका भने जति भन्यो त्यति रकम दिन्छन् । ड्राइभरले त उतै मिसनमा गएर बनिहाल्छ नि रे । कस्तो गैरजिम्मेवार अधिकृत साब । त्यसैले एमटीको राम्रो चलाक जो गणमा ट्रक चालक र २ तारे जर्साबभन्दा तलका हाकिमका गाडी चलाएका ड्राइभरको अधिकांश नाम रिजल्टको दिन काटेर लखौं रकम बुझाउने अन्यत्र पल्टनको सिकारु ड्राइभरको नाम अटाएको रे । जुन कुरा मैले दिउँसो निवेशको क्यान्टिनमा खाजा खाने समयमा केही कुरा सुनेको छु ।

 

म पनि हेडक्वार्टर अफिसमा काम विशेषले आउँदा र रिजल्टको पर्खाइले गर्दा निशब्द मेरो कानमा गुञ्जयमान हु“दा एमटी गणका अधिकृत आफ्नो पल्टनको सिपाहीस“ग यति आत्मीयता हुँदो रहेनछ भन्ने कुरा अनुभूति भयो ।


हुनतः म इन्फेन्ट्रीको भएतापनि अधिकांश समय एमटी गणमा काजमा र काठमाडौंमै रहने मौका मिल्नाले नै आज राम्रो चालक हुने मौका पाएँ । तर पनि मलाई एमटी गणकै राम्रा र सक्षम सबै परीक्षामा पास भएका करिब करिब ५० देखि ६० जना राम्रा चालकको नाम नआउँदा मैले पनि आफूलाई मनाउन र चित्त बुझाउन थालेको छु । आजसम्म संस्थाको जुनसुकै डिउटी पनि कुशलतापूर्वक निर्वाह गरेको छु । र, कुनैपनि कोर्षमा दोस्रो भएको छैन ।

 

अब आजसम्म संस्थाले मलाई राम्रो चलाक र राम्रो सिपाही बनाएको संस्थाप्रति सदैव आभारी छु । अबको गन्तव्य भनेको मेरो खाडी मुलुक नै हो । किनकि काठमाडौंको उत्तरी क्षेत्रमा ३ अना जग्गा किन्दा लागेको ऋण तिर्नको लागि अब खाडी मुलुक जानु मेरो बाध्यता हुनेछ । भविष्यमा संस्थाले बोलावट भएमा हाजिर हुनेछु ।


अन्त्यमा मैले जानी नजानी जे शब्दहरु यस साँघु साप्ताहिक पत्रिकामार्फत संस्थाको कमाण्डमा रहनु भएका जर्साब र चिफसाबहरुलाई आउने परीक्षामा सोच्न आवश्यक होस् भन्ने हेतुले र संस्थाको बेथिती र विसंगति नमौलाओस् भन्ने आशा र अपेक्षाका साथ मेरो हृदयमा परेको वेदना र चिन्ताको भावना प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
पत्र प्रेषक : इन्फेन्ट्रीको कुशल चालक (शान्ति सेनामा अयोग्य), नेपाली सेना ।

(साँघु साप्ताहिक, २०७९ साउन ९ गते)

प्रतिकृया दिनुहोस