🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रचण्ड कांग्रेस र एमालेसँग बार्गेनिङ गर्दै ? 

 

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जति गठबन्धनका लागि प्रयासरत छन्, त्यति नै कांग्रेस र एमालेका केही नेताहरुले पनि माओवादी केन्द्रसँग तालमेल गर्न चाहिरहेका छन् । एमाले र माओवादीका दोस्रो तहका नेताहरुबीच अनौपचारिक रुपमा छलफल पनि भइरहेका छन् । शीर्ष तहमा भने अहिलेको पाँच दलीय गठबन्धन कायम राख्नेगरी छलफल चलेको बेलामा दोस्रो तहका नेताहरु एमाले र माओवादी केन्द्रबीच गठबन्धन गर्न सकिनेबारेमा छलफल भइरहेको छ । एमालेले माओवादीसँग सहकार्यका लागि ५० र ४५ प्रतिशतमा भागबण्डा गर्न सकिने अनौपचारिक प्रस्ताव गरिसकेको स्रोतको दावी छ । 

स्रोतका अनुसार, अहिले प्रचण्ड चाहिं दुवैतिर समदूरीको छलफलमा रहेर सौदाबाजीको शक्ति बढाउन खोजिरहेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा अहिले माओवादीसँग तालमेल लगेर संघीय चुनावपछिको प्रधानमन्त्री बन्ने चाहना लुकाएका छैनन् । त्यसैले उनी एकहदसम्म लचिलो भएर चुनावी गठबन्धन गर्न तयार देखिएका छन् । त्यसैले, देउवा पक्षको यही चाहनामा प्रचण्डले आफ्नो पक्षमा बढी सीट लिने गरी सौदाबाजी गर्ने रणनीति बनाएका छन । माओवादी स्रोतका अनुसार प्रचण्डले अहिले कांग्रेसलाई पहिलोको एमालेको हैसियतमा पुग्न नदिने रणनीति बनाएको  छ ।

त्यस्तो अवस्थमा कांग्रेस पुगेमा भोलि माओवादीविना नै सरकार बनाउने अवस्था आउने डरले कम्तिमा पनि माओवादी वा एमालेको साथ विना सरकार बन्ने अवस्था नआओस् भन्ने चाहेको छ । कांग्रेसभित्र एकथरीले लोसपा र जसपालाई साथ लिएर भोलिका दिनमा सरकार बनाउन सकिने गरी सीट लिनुपर्ने पक्षमा देखिएका छन् । कांग्रेसभित्रको त्यही धारलाई काउन्टर गर्ने गरी प्रचण्डले अहिले मधेश केन्द्रीत दल र कांग्रेसमात्रै मिलेर सरकार बन्ने वातावरण नबनोस् भन्नका लागि सौदावाजी बढाउन खोजेका स्रोतको दाबी छ । एक माओवादी नेताका अनुसार आफूसँग सहकार्य हुने वातावरण नबनेमामा भोलिका दिनमा कांग्रेस र मधेशी दलमाात्रै मिलेर सरकार बन्न नसकोस् भनेर एमालेका दोस्रो तहका नेताहरुले सुझाव पनि दिएका छन् । 

वामगठबन्धनको विषयमा छलफलमा जुटेका बेला एमालेका नेताहरुले त्यस्तो पनि सुझाव दिने गरेको  बताइएको छ । भोलिका दिनमा एमाले र माओवादी मिल्दा पनि सरकार बन्ने स्थिति बनाउने गरी कांग्रेससँग बार्गेनिङ गर्न प्रचण्डलाई दबाब परेको हो । उक्त कुरामा प्रचण्ड स्वयम् पनि सचेत देखिएको बताइन्छ । त्यसैले अहिले प्रचण्डले दुईवटा रणनीतिक एक साथ लिएका छन् । एउटा रणनीति आलोपालोको प्रधानमन्त्री हुने अवस्था सिर्जना गर्ने अनि दोस्रो रणनीति चाहिं बढीभन्दा बढी सीटमा तालमेल गरेर कांग्रेसलाई धेरै बलियो शक्ति पनि बन्न नदिने । 

अहिले गठबन्धनका दलहरुवीच पहिला प्रत्यक्ष निर्वाचित सीट कायमै राखेर एमालेले जितेका सीटमा तालमेल गर्ने सहमति नजिक छ । त्यसो भएको अवस्थामा माओवादीका ३६ सीट कांग्रेसका २३ सीट एकीकृत समाजवादीका १६ सीट अनि जसपाका १२ सीट तालमेलका क्रममा भागबण्डा हुने छैन । बाँकी एमालेले जितेका सीटमा भागबण्डा हुने पनि बताइएको छ । कतिपयले भने कांग्रेसले ८० वटा सीट लिएर बाँकी ८५ सीट गठबन्धन दलहरुबीच बाँडफाँड गर्नुपर्ने पनि कुरा उठिरहेको छ । तर, कांग्रेसभित्रै चाहिं भने ९० सीट छोड्नु नहुने तर्क उठिरहेको छ । तर, देउवा भने ८० सीट लिएर भएपनि सहमति जुटाउनुपर्ने पक्षमा रहेको कांग्रेस स्रोतहरुको भनाइ रहेको छ ।