🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चिनियाँ होटलमा आगजनी, १८ को मृत्यु

गोङझाओ, चीन, ११ वैशाख – चीनको एक मधुशाला (वार)मा आगजनी हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार मध्यरातमा भएको आगलागी करिब १ बजे विहान नियन्त्रणमा ल्याइएको किङयुआनको प्रशासनले जनाएको छ ।

यसैबीच रेष्टुरेण्टमा आगजनी गरेको आरोपमा प्रहरीले किङयुआनको यिङ्दे शहरका एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले पक्राउ परेका ३२ बर्षीय लिउ चुन्लुले आफ्नो अपराधलाई स्वीकार गरेको बताएको छ ।

प्रहरीले भनेको छ, “आगलागी हुनुभन्दा पैलै लिउले मदीरा सेवन गरेको र झगडामा सम्लग्न भएको स्वीकारेपनि उनले नै आगो लगाएका थिए कि थिएनन् थप अनुसन्धान अघि बढाइएको छ ।”

आगजनीका कारण भएको आगलागीबाट रेष्टुरेन्टको १५ हजार अमेरिकी डलर बराबरको भौतिक क्षति भएको पनि जनाइएको छ ।