🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री देउवासँग चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ टाेलीकाे भेटघाट

 

काठमाडौं, २६ असार । नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीआई) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आजै दिउँसाे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । 

२०७९ असार २६ गते आइतबार बिहान आठ सदस्यीय प्रतिनिधिमण्डका नेतृत्व गर्दै उनी काठमाडौं आइपुगेका हुन् । काठमाडौं आइपुगेसँगै सो टोलीले प्रधानमन्त्री देउवासँँग शिष्टाचार भेटवार्ता गरेका हुन् । 

नेपाल बसाइका क्रममा लिउले  राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार उनले बिहीबार बेलुकी पराष्ट्रमन्त्री खड्कासँग शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति र अन्य नेताहरुसँग उनले सोमबार भेटवार्ता गर्नेछन् । 

केहीदिन अघि लिउले ओली र प्रचण्डसँग भिडियोमार्फत कुराकानी गरेका थिए । केहीदिन अघि उनले परराष्ट्रमन्त्री डा. खड्कासँग पनि भिडियो सम्वाद गरेका थिए ।