🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

डेढ अर्ब जग्गा काण्डमा मुछिएका गोपाल खड्का पुगे अमेरिका !!

काठमाडौं । तेल भण्डारणका लागि झापाको मेचीनगर, सर्लाहीको हरिपुर, चितवनको लोथर र रुपन्देहीको बसन्तपुरमा जग्गा खरिद गर्दा डेढ अर्ब रुपैयाँ  अनियमितता गरेको मुद्दा खेप्दै आएक आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का अमेरिका पलायन भएका छन् ।

महालेखा परीक्षकको ५५ औं प्रतिवेदनमा ६१ करोड ३४ लाख कर छुट दिएको बिषयमा पनि उनले उन्मुक्ति नपाउने भएपछि उनी अमेरिका पलायन भएका छन् ।  डेढ अर्ब भ्रष्टाचार अभियोगमा सरकारले उनलाई बर्खास्त गरे पनि तात्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले उनलाई पुनर्वहाली गर्न आदेश दिएका थिए । तर आपूर्ति मन्त्रालयका तत्कालीन सचिव कृष्ण देवकोटाले उनलाई निगमबाट मन्त्रालयमा हाजिर गराएका थिए ।

मन्त्रालयमा हाजिर गराएपछि उनी पुनः निगममा हाजिर हुनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीकोमा पटक पटक पुगे । ओलीको जन्मदिनमा उनी बालुवाटारमै पुगेको समाचार पनि आयो । ओलीकोमा उनलाई लाने बीचौलियाहरुले धेरै रकम खाइदिए पनि हाजिर नगराएपछि उनी अमेरिका पलायन भएका छन् । दीप बस्न्यातले अख्तियारको उजुरी तामेलीमा राख्ने भने पनि राख्न नसकेपछि उनी निराश भएका थिए ।  

उनले अमेरिकामा गएपछि भाइ विनोद खड्कासंगको फोटो सार्वजनिक गरेका छन् । उनका भाइ विनोद खड्का नेपाल प्रहरीको इन्स्पेक्टरको जागिर छाडेर अमेरिकामा बस्दैआएका छन् । (२०७५ बैशाख १० गतेको साँघु साप्ताहिकबाट)