🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रथम महिला फुटसलको उपाधि एक्स–गोर्खा कास्कीको पोल्टामा

लमजुङ ,२१ असार :  लमजुङमा पहिलोपटक आयोजना गरिएको प्रथम महिला फुटसलको  उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ ।  फाइनल खेलमा  मिनाङ लाङ्घाली बेसीसहर नगरपालिका २ लाई ३–० गोलले हराउदै एक्स–गोर्खा कास्कीले उपाधि जितेको हो । उपाधिसहित एक्स गोर्खाले ३० हजार  पुरस्कार जितेको छ । 

प्रतियोगितामा उपविजेता मिनाङ लाङघाली बेसीसहरले १५ हजार प्राप्त गरेको छ ।  

प्रतियोगितामा उत्कृष्ट किप्पर एक्स–गोर्खाकी झरना राई, सर्वाधिक गोलकर्ता  मिनाङ लाङ्घालीकी सम्झना शर्मा र उत्कृष्ट खेलाडी बाघेताकी मनिषा थापामगर घोषित भएका छन्  । उनीहरूले जनही एक हजार  पुरस्कार पाएकाे आयोजक लमजुङ फुटसलका संचालक केशबहादुर रानाले बताए ।  

प्रतियोगितामा लमजुङसहित काठमाडौं, कास्की र तनहुँका गरी ८ टिमको सहभागिता रहेको थियो । 

जिल्लामा पहिलो पटक हाम्रो गोल–महिला हिंसा विरुद्धको बोल भन्ने नाराका साथ प्रथम महिला फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।

न्युज कारखाना