काठमाडौं । लामो चलखेल, सोर्सफोर्सपछि बल्लतल्ल र वरीयता मिचमाच गरेर २०७९ असार ८ गते नेपाल प्रहरीका १७ जना एसएसपीहरूको डीआईजीपीमा बढुवा गरेको छ । मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार, २०७९ असार १९ गते उनीहरूले दज्र्यानी चिन्ह समेत पाएका छन् । नेपाल प्रहरीका १७ जना एसएसपीहरू बढुवा भएपछि रिक्त हुने पद र यसभन्दा अघि बाँकी रहेको रिक्त १५ गरी एसएसपीको ३२ पदरिक्त रहेको अवस्था छ ।
स्रोतका अनुसार, एसएसपीको रिक्त ३२ पदमा बढुवा हुनका लागि २०७४ साउन १९ गते एसपीमा बढुवा भएका ३३ जना र २०७५ जेठ २९ गते बढुवा भएका २६ जना र एकजना एसपी चाहिं निर्मला पन्त बलात्कार काण्डमा सरकारबाट बर्खास्तीमा परेर मुद्दामा सफाइ पाएका एसपी डिल्ली राज विष्ट समेत ६० जना एसपीहरूको अन्तिम दौड चलिरहेको छ । स्रोतका अनुसार, एसएसपीको रिक्त ३२ पदका लागि अन्तिम छनौटको तयारीमा प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छ ।
एसएसपीको रिक्त ३२ पदको बढुवाका लागि उल्लेखित दुई ब्याच मध्येबाट बढुवा गर्न प्रधानमन्त्री निवास बालुवाटारले सोर्सफोर्स, पहुँच र शुभलाभका आधारमा अन्तिम नामावली तयार गरिरहेको चर्चा प्रहरी अधिकृतहरुबीच चलिरहेको छ । बालुवाटारबाट अन्तिम नामावली फाइनल भएपछि २०७९ असार २० गतेसम्म ३२ जना एसपीहरूको बढुवा सिफारिस सार्वजनिक हुने अवस्थामा पुगेको स्रोत बताउछ ।
यस पटकको बढुवामा राष्ट्रिय अनुसन्धान विभागबाट फुत्त छिरेका र २०७४ साउन १९ गते एसपीमा बढुवा भएका १८ जना पनि प्रतिस्पर्धामा रहेका छन् । स्रोतका अनुसार, यो लटका ३३ जना एसपी मध्ये कतिपय अनुशासनको कारवाहीमा परेका पनि रहेका छन् । कोही ट्राफिक शुल्क हिनामिना, अनियमितता र कोही बलात्कारीलाई बचाउन मिलापत्र गराउने काण्डमा कारवाही भोगेका समेत ५÷६ जना विभागीय कारवाही भोगीहरू रहेको स्रोत बताउछ ।
२०७४ साउन १९ गते एसपीमा बढुवा भएका ३२ भाइमा सिद्धि बिक्रम शाह, शुशील सिंह राठोर, माधव प्रसाद श्रेष्ठ, डम्बरवहादुर बिक, उमा प्रसाद चतुर्वेदी, ओम वहादुर राना, सुरेन्द्र वहादुर गुरूङ, हिमाल कुमार श्रेष्ठ, विमल बस्नेत, विनोद घिमिरे, दीपक कुमार बस्नेत, जयराम सापकोटा, शारदा प्रसाद चौधरी, दीपेन्द्र जिसी, रामेश्वर प्रसाद यादव, दिलीप सिंह देउवा र सञ्जीव शर्मा दास १८ भाइ चाहिं राष्ट्रिय अनुसन्धान विभागबाटै नेपाल प्रहरीमा छिरेकाहरू रहेका छन् । बाँकी अन्यमा गणेश चन्द, राजन अधिकारी, ईश्वर कार्की, मनोज कुमार केसी, रेवती ढकाल, दान वहादुर कार्की, दिनेश कुमार आचार्य, अरूण पौडेल, राजेन्द्र प्रसाद भट्ट, किशन सिंह थापा, गोविन्द थपलिया, सुदर्शन प्रसाद कोइराला, जीवन कुमार श्रेष्ठ(क), दीपक रेग्मी र लोकेन्द्र श्रेष्ठ समेत ३३ जना रहेका छन् ।
२०७४ साउन १९ गते एसपीमा बढुवा भएका ३२ भाइको उल्लेखित ब्याचपछि २०७५ जेठ २९ गते बढुवा भएका २६ जना एसपीहरूमा विश्व अधिकारी, सानुराम भट्टराई, ओम् प्रसाद अधिकारी, विश्वमणि पोखरेल, शेखर खनाल, अवि नारायण खनाल, सोमेन्द्र सिंह राठोर, मुकुन्द मरासिनी, सविन प्रधान, दिनेशराज मैनाली, कृष्णवहादुर मल्ली मगर, भुपेन्द्र वहादुर खत्री, गंगा पन्त, गोपाल चन्द्र भट्टराई, रवि कुमार पौडेल, बेलवहादु पाण्डे, दीप शम्शेर ज.ब.रा., नवीन राज राई, तारा देवी थापा, आभुष तिमल्सिना, प्रविण पोखरेल, दीपक राज खरेल, प्रज्वल महर्जन, बसन्त रजौरे, वीर वहादुर ओली र चन्द्र देव राई समेत २६ जना समेत ६० जनाको अन्तिम दौडधुप सोर्सफोर्स चलिरहेको छ ।
यस पटक पनि कार्यसम्पादन मूल्यांकन, कमाण्ड कन्ट्रोल, व्यवसायिकता, देश र संगठनप्रति इमानदार भन्दा पनि थैलीको भेटघाट, राजनीतिक सोर्सफोर्स, चाकडीमा पहुँच भएका र नेबिसंघको सदस्य भएका, कांग्रेस निकटहरूले प्राथमिकता पाउने त्रास प्रतिस्पर्धीहरूमा फैलिएको गृह स्रोत बताउछ । १७ डीआईजीपीमा बढुवामा विवादस्पद, वरीयता मिचिएको आलोचना खेपेका आईजीपी धिरज प्रताप सिंहले यस पटक ३२ जना बढुवा सिफारिस गर्दा विभागलाई कस्ता एसएसपी दिन, कस्तो भूमिका खेल्ने हुन् ? प्रतिक्षाको विषय भएको छ ।
स्रोतका अनुसार, कानूनी रूपमा औपचारिकता दिन गृह सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा आईजीपी धिरज प्रताप सिंह, एआईजीपी पुजा सिंह रहेतापनि गृह मन्त्री बालकृष्ण खाणले प्रधानमन्त्री शेरवहादुर देउवा र बालुवाटारबाट प्राप्त लिष्ट, आईजीपी धिरज प्रताप सिंहको परामर्शका आधारमा ६० जना एसपी मध्येबाट ३२ जनाको बढुवा सिफारिसका लागि अन्तिम छनौट भइरहेको स्रोत बताउँछ ।




