🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मूल्यवृद्धिको विरोधमा सिमरामा अनेरास्ववियुको जुलुस

 

बारा, १२ असार : मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराको सिमरामा सिठी जुलुस निकालेको छ ।

केन्द्रीय कार्यक्रम अन्तर्गत अनेरास्ववियुले सिमरा चोकमा सिठी जुलुस निकालेको हो । पेट्रोलियम पदार्थमा सरकारले मूल्यवृद्धि गरेको र महँगी बढाएको भन्दै अनेरास्ववियुले जुलुसका क्रममा महँगी घटाउन र मूल्यवृद्धि फिर्ता लिन माग गरेको थियो ।

जनप्रतिनिधिलाई सम्मान र मधेस प्रदेश बैठक सम्पन्न

सिठी जुलुसअघि अनेरास्ववियुको सिमरामा सम्पन्न मधेस प्रदेश बैठकमा जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । अनेरास्ववियुको विभिन्न जिम्मेवारीमा रही वैबैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मानित गरिएको हो ।

सम्मानित हुनेमा निजगढ नगरपालिकाककी उपप्रमुख सोममाया थिङ, रौतहट चन्द्रपुर नगरपालिका ४ का वडाध्यक्ष रवि राना मगर, हरिवन नगरपालिका वडा नं ८ का अध्यक्ष प्रज्वल ढुंगाना, महोत्तरी मनरा सिसवा नगरपालिका १ का अध्यक्ष गोविन्द चौरसियासहित सात जनालाई सम्मान गरेको हो ।

थिङ अनेरास्ववियु बाराको कोषाध्यक्ष, ढुंगाना सर्लाहीका अध्यक्ष, मगर र चौरसिया केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका थिए ।

इन्दिप कोइराला