सोल, ६ वैशाख : दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले कोरिया प्रायद्वीपमा नाटकीय परिवर्तन भएको बताएका छन् ।
मुन जाय इनले उत्तर कोरिया र दक्षिण कोरियाकाबीचमा अहिले भइरहेको सुधार कल्पना गरे भन्दा बढी भएको दावी पनि गरेका छन् ।
दुई देशको शिखर सम्मेलनपछिको परिणामले नाटकीय सुधारलाई पुष्टि गर्ने मुन जाय इनले बताएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।
संयुक्त शिखर सम्मेलनमार्फत सक्ैखाले द्वन्द्वको अन्त्य गरी दिर्घकालिन शान्तिको मार्गका दुई मुलुक अगाडि बढ्ने मुनको विश्वास छ ।
दक्षिण कोरियाका राष्ट्रपति मुन र उत्तर कोरियाका नेता किम जोङ उन सहितको दुई देशको शिखर सम्मेलन यही अप्रिल २७ तारिखमा हुन लागेको छ ।
उनीहरुबीचको पहिलो भेटबार्ता दुवै कोरियाको सीमानामा रहेको पान्मुन्जोममा गर्ने यसअघि नै तय भइसकेको छ र त्यहीअनुसार तयारी तीव्र पारिएको छ ।स्रोत : रासस/सिन्ह्वा




