🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

थैली र सुपकाे चलखेलले डेढ महिनादेखि प्रहरीका १३३ अधिकृतहरूकाे बढुवा राेकियाे !?

काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले नेपाल प्रहरीका वरिष्ठ सईबाट इन्स्पेक्टर र इन्स्पेक्टरबाट डीएसपी, डीएसपीबाट एसपी, एसपीबाट एसएसपी र एसएसपीबाट डीआईजीपीसम्म बढुवाका लागि धाउनेहरूकाे लाइन लागेकाे प्रहरी स्राेत बताउछ । 

प्रधानमन्त्री पत्नी  आरजु राणा देउवा, भाइ भूषण  राणा र प्रकाश देउवासहितकाे टाेली नयाँ दिल्लीकाे राजनीतिक भेटघाट सकेर २०७९ असार १ गते साँझ काठमाडाैं फर्किएपछि नेपाल प्रहरीकाे बढुवामा चलखेलले तिव्रता पाएकाे स्राेत बताउछ ।

थैलीकाे बलमा बढुवा हुन चाहने कनिष्ठ प्रहरी अधिकृतहरूकाे दाैडधुप र प्रधानमन्त्री निवास बालुवाटारकाे पहुँच, चलखेल र हस्तक्षेपका कारण नैतिकवान, प्राेफेसनल प्रहरी अधिकृतहरूमा नैराश्यता पैदा गरेकाे गुनासाे सुनिन थालेकाे छ । प्रहरी स्राेतका अनुसार, प्रहरी फाेर्समा संस्थागतरूपमा नै आँच पुग्नेगरी थैली र साेर्सफाेर्सकाे बाेलवाला भएका कारण ४८ डीएसपी पद, ३६ एसपी पद, ३२ एसएसपी पद र १७ जनाकाे डीआईजी पदकाे बढुवा ठप्प भएकाे छ ।   थैली बिना  प्रहरी अधिकृतहरूकाे बढुवा नहुने भएकाले प्रहरीमा बढुवा हुन चाहने अधिकृतहरू 'खाेका' र पेटी जम्मा गर्न एजेन्टहरू खाेजेर हिंड्न बाध्य भएकाे स्राेत बताउछ । 

प्रहरी अधिकृतहरू जतिसुकै वर्ष कनिष्ठ भएतापनि खाेकाकाे राम्राे व्यवस्था र 'सुप'  भएमा त्याे व्यक्तिकाे याेग्यता पुग्ने भएकाे छ । वरिष्ठ, कार्यसम्पादन मूल्यांकनमा राम्राे अंक प्राप्त गरेका, बद्नामी हुनबाट जाेगिएका, युद्धकालमा ज्यानकाे बाजी थापेर फिल्डमा खटिएका   प्राेफेसनल प्रहरी अधिकृतहरूले यस पटककाे बढुवामा अवसर नपाउने भएका छन् ।

त्यत्ति मात्रै हाेइन, कुनै प्रहरी अधिकृतकाे नाता कुनै वामपन्थी नेता परेकाे छ र थैली भेट गर्न पनि सक्दैन भने त्यस्ता प्रहरी अधिकृतले कुनै पनि पदमा बढुवा हुन्छ हाेला भनेर साेच्नु सपना मात्रै हुने अवस्था सिर्जना भएकाे गुनासाे व्यापक रहेकाे छ । बढुवाका लागि पद अनुसार, दररेट ताेकिएकाे छ र   त्यस्ताे दररेट  महाराजगञ्जकाे 'ओपेरा रेष्टुरेन्ट'मा तय हुने गरेकाे प्रहरी स्राेत बताउछ ।

 प्रहरीमा यस पटक बढुवा हुन चाहने अधिकृतहरू यदि सुपका हुन् र  उनीहरूले पद र ताेकिएकाे दर रेट अनुसार, 'खाेका' र पेटीकाे व्यवस्था गर्न सक्छन् भने दीपक भट्ट, रामचन्द्र भट्ट(चन्दने)लाई भेट्दा समेत काम बन्ने पक्कापक्की  भएकाे प्रहरीहरू चर्चा गर्छन् ।

प्रहरीमा रिक्त रहेकाे  जुनियर, सिनियर अधिकृतहरूकाे पदपूर्ति यस आर्थिक वर्षकाे 'कासमु' कारण २०७९ साउन ६ गते भित्रै बढुवा हुनु अनिवार्य छ ।  इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजीपी  गरेर जम्मा १३३ पद र सैयाैंकाे संख्यामा रहेका सईकाे पदकाे पदपूर्ति २०७९ साउन ६ गते भित्रै  नहुँदा सबै पदकाे बढुवा जाममा पर्ने छ ।

प्रहरी फाेर्समा राजनीतिक हस्तक्षेप, शक्ति केन्द्र र नेताहरूकाे ढाेका चाहार्नेलाई बढुवा र सरूवामा सहयाेग गर्दिन कारवाही गर्छु भन्ने नव नियुक्त  आईजीपी धिरज प्रताप सिंहकाे लागि इन्स्पेक्टरदेखि डीआईजीपीसम्म १३३ अधिकृतहरूकाे बढुवा फलामकाे चिउरा हुन पुगेकाे छ ।

आईजीपी नियुक्त भएकाे २०७९ असार ३ गते ठ्याक्कै  डेढ महिना भएकाे छ, तर १७ जना रिक्त डीआईजीपीहरूकाे बढुवा सिफारिस समेत हुन सकेकाे छैन । यसै कारणले समेत आईजीपी धिरज प्रताप सिंहकाे राम्राे गर्ने चाहना हुँदाहुँदै र डेढ महिना बित्दा पनि प्रहरी फाेर्सलाई गतिदिन नसकेकाे प्रहरी अधिकृतहरू बताउछन् ।

प्रहरी अधिकृतहरूकाे बढुवामा अहिले राजनीतिक हस्तक्षेप र वाधा अड्चनका कारण  आईजीपी धिरज प्रताप सिंहलाई समेत संगठनमा रहेका काविल अफिसरहरूकाे सुरक्षामा चुनाैती खडा भएकाे प्रहरी महानिरीक्षक निकट स्राेत बताउछ ।