मोरङ, २०७९ असार ३ गते । जिल्ला प्रहरी कार्यालय मोरङले ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला अदालत मोरङको विभिन्न मितिको फैसला अनुसार जवरजस्ती करणी मुद्दामा ९ वर्ष १० महिना २२ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी पथरीशनिश्चारे नगरपालिका -९ का ३१ वर्षीय मुकवीर राई, जबरजस्ती करणी उद्योग मुद्दामा ३ वर्ष ५ महिना ३ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी सुनवर्षी नगरपालिका – ४ का २५ वर्षीय मेघनाथ यादव, सवारी ज्यान मुद्दामा २ वर्ष ११ महिना १५ दिन कैद र ३२ हजार जरिवाना तोकिएका फरार प्रतिवादी सुनवर्षी नगरपालिका – ५ का ४५ वर्षीय गरिव ऋषिदेव, र चोरी मुद्दामा २ महिना १० दिन कैद र २००० जरिवाना तोकिएका फरार प्रतिवादी सुनवर्षी नगरपालिका-९ का २३ बर्षीय लक्ष्मण मण्डल रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मोरङका विभिन्न स्थानहरुबाट पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई मोरङ जिल्ला अदालत बुझाईएकोमा कैद भुक्तानको लागि मोरङ कारागार कार्यालय चलान भएका छन ।



