🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मिटरव्याजी रामदेव साहबिरूद्ध राजविराजमा प्रदर्शन

 

सप्तरी, ३० जेठ  । मिटरब्याजी रामदेव साहसहित परिवारलाई कारबाहीको माग गर्दै मिटरब्याजी पीडितहरूले सप्तरी सदरमुकाम राजविराजमा सोमबार बिरोध प्रदर्शन गरेका छन् । जिल्लाका बिभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले बिभिन्न नारा लगाउँदै र्‍याली निकालेका थिए।

र्‍याली सडकको मुख्य सडकको परिक्रमा गरेको थियो । मिटरब्याजी पीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट पीडितहरू सदरमुकाम पुगेका थिए ।

जुलुसमा सहभागी पीडितहरूले गैर कानुनी कार्यमा संगलन मिटरब्याजी साह परिवार माथि कारबाही गर, विपन्नलाई बिस्थापित गराउने मिटरब्याजी साह परिवारमाथि कारबाही गर, बलात्कारी रामदेव साह मुर्दाबाद , मिटरब्याजी रामदेव साहलाई पक्राउ गर भन्दै नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

जुलुसमा राष्ट्रिय यूवासँघपनि पीडितको पक्षमा समर्थन जनाउँदै सहभागी भएका थिए । उनीहरुले पनि न्यायका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर घर भएका मिटर व्याजी साह ठगीधन्दा गरी गाउँबाट भागेर धरानमा बस्दै आएका छन् ।

पीडितहरूलाई दुःख दिएको बिषयमा विभिन्न संचार माध्यममा समाचार आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पक्राउ गरि कार्वाही अघि बढाउन निर्देश दिएका थिए ।

प्रहरीले उनका छोरा नन्दकिशोर साह र छोरी अनुराधाकुमारी साहलाई पक्राउ गरेपनि मुख्य आरोपित रामदेव साह तथा अन्य आरोपित अझै फरार रहेका छन् ।