काठमाडौँ, वैशाख ४ \\ केन्द्रीय पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्नका लागि डिजिटल व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरेको छ ।
विभागले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम इन्टरनेटमा राखी व्यवस्थित बनाउन थालेको सामाजिक सुरक्षा शाखाका अधिकृत सावित्रा बस्नेतले बताइन्। उनका अनुसार प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दा एउटै व्यक्ति दोहरिने तथा गलत तथ्याङ्क र मृत्यु भइसकेको व्यक्तिको रकम खर्च लख्ने जस्ता समस्या हट्ने छ ।
स्थानीय तहका कर्मचारीले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नामावली विभागले सञ्चालन गरेका प्रणालीमा राख्नेछन् र त्यही नामका आधारमा विभागले सामाजिक सुरक्षा भत्ता निकासा गर्ने छ । प्रणालीमा राखिएका नामका मानिसले मात्र, भत्ता पाउने छन् जस्ले गर्दा दोहरिने समस्या हटेर व्यवस्थित रुपमा भत्ता वितरण हुनेछ ।



