🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेभेरोदोनेस्क प्लान्टमा सयौँ सर्वसाधारण फसेः युक्रेन

किभ । युक्रेनले घेराबन्दीमा रहेको सेभेरोदोनेत्स्कको एजोट प्लान्टमुनि सयौँ मानिस लुकेको जनाएको छ । सो सहरलाई रुसी सेनाले केही सातादेखि तीब्र हमला गरिरहेका छन् । रुसी गोलाबारीले रासायनिक प्लान्टमा आगो लागेको छ । सेभेरोदोनेत्स्क पूर्वी युक्रेनमा अघि बढ्ने रुसी सेनाको मुख्य केन्द्र बनेको छ ।

यसैबीच, रुसी सेनाले स्लोभियान्स्क सहरमा नयाँ आक्रमणको तयारी गरिरहेको युक्रेनको सेनाले जनाएको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनका विभिन्न स्थानमा हमला गरिरहेको छ । राजधानी किभलगायतका प्रमुख सहर कब्जा गर्ने रूसी प्रयास असफल भएको छ । उसले  लुहान्स्क र दोनेत्स्क क्षेत्रहरू कब्जा गर्ने प्रयास गरिरहेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दोनबासमा रुसी सेनाले ‘धेरै महत्वपूर्ण’ हताहत भएको बताएका छन् ।